क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या
जिल्ला कारागार जुम्लामा क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।
जिल्ला कारागार कार्यालयका अनुसार २० जनाको क्षमता रहेको कारागारमा १५ जना कैदी र २२ जना थुनुवा गरी ३७ जना कैदीबन्दी रहेका छन् । दुई ओटा भवन रहेको कारागारमा १० जना पुरूष र १० जना महिला गरी २० जनाको क्षमता भएपनि क्षमता भन्दा दोब्बर कैदीबन्दी भएपछि अन्य पक्षसँगै सुत्न समस्या भएको कारागारका चौकीदार सूर्यबहादुर महरीले बताए । कारागारमा कैदी र बन्दीहरूमा ३४ पुरूष र ३ जना महिला रहेको उनले जानकारी दिए ।
कारागारमा मनोरञ्जन तथा आवश्यक अन्य क्रियाकलापमा कुनै समस्या नरहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा जेलर विष्णुप्रसाद न्यौपानेले बताए ।
कारागारभित्र पुस्तकालय, खेलकुदलगायत अन्य सीपमूलक क्रियाकलाप नहुँदा दिन बिताउन समस्या हुने ताम्ती गाविस-९ घरभई हाल कारागारमा रहेका कैदी राजेन्द्र शाहले गुनासो गरे । उनले भने-'सीपमूलक तालिम भएको भए समय बिताउन सहज हुने थियो । अरु कारागारमा सीप प्रयोग गरेर कैदीबन्दीले पैसासमेत कमाउँछन् रे !'
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…