क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा कारागार व्यवस्थापनमा समस्या
जिल्ला कारागार, बाजुरामा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा व्यवस्थापनमा समस्या भएको छ । “ङ” श्रेणीको जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता २५ जनाको भए पनि हाल ३३ कैदी र २८ थुनुवा गरी ६१ जना राखिएको कारण व्यवस्थापन गर्न समस्या भएको जिल्ला कारागारका जेलर हंस बोहराले बताउनु भयो ।
२०३७ सालमा निर्माण गरिएको जिल्ला कारागार जीर्ण अवस्थामा रहेका कारण कारागार भवनको छाना चुहिएर कैदीबन्दीलाई बस्नको लागि समस्या भएको र जीर्ण अवस्थामा रहेको कारागार पटकपटक आएको भूकम्पका कारण चिरा परेकोले सुरक्षाका दुष्टिकोणले उच्च जोखिममा रहेको जेलर बोहोराले बताउनु भयो ।
एक जना हेल्थ असिष्टेन करार सेवामा कार्यरत रहनु भएको भए पनि चार जना दिर्धरोगीहरु रहनु भएकोले सामान्य स्वास्थ्य उपचारका लागि पनि जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता छ ।
क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएकै कारण शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने, कोचिएर बस्नु पर्ने, सुत्नलाई समस्या हुने र खानेपानीको समस्या समेत रहेको कैदी नरपति चदराले दुखेसो पोख्नु भयो ।
वर्षायाममा छत् चुहिएर सुन्त नसकिने र अहिले चिसो बढ्दै गएकोले कैन्दीबन्दीहरु दिनप्रतिदिन बिरामी पर्न थालेको समेत कैदी चुनराको भनाइ छ ।
जिल्लामा महिला कैदीबन्दी र बालबालिकाहरुलाई राख्ने व्यवस्था नहुँदा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यताले कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न र मुद्दा लड्न समस्या हुनेगरेको जेलर बोहोराले बताउनु भयो ।
जीर्ण अवस्थामा रहेको कारागारको पुनर्निर्माणका लागि संघीय, प्रदेश र स्थानीय तहबाट अनुगमनका लागि आउने प्रतिनिधिहरुलाई अनुरोध गर्दै आएको भए पनि कहिकतैबाट सुनवाइ हुन नसकेको जेलर बोहराको भनाइ छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…