क्षमता भन्दा दोब्बर कैदी बन्दी, स्वास्थ्य समस्या
जिल्ला कारागार शाखा दोलखामा क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिए पछि यहाँ रहको कैदी तथा बन्दीहरूलाई स्वास्थ्य समस्या देखिन थालेको छ ।
जिल्ला सदरमुकाम चरिकोटमा रहेको कारागारको क्षमता ५१ जनाको भए पनि हाल कारागारमा कैदी र थुनुवा गरी १ सय ३४ जना राखिएपछि खानेपानीको अभाव छ भने शौचालयको समेत समस्या हुने गरेको छ ।
हाल कारागारमा ८७ जना कैदी र ४६ थुनुवा गरी १ सय ३४ जना कैदीबन्दी रहेको निमित्त जेलर पदरमबहादुर के.सी.ले जानकारी दिनु भयो ।
उहाँले क्षमता भन्दा बढी बन्दी हुनु र पानीको अभावले वर्षायाम सुरु भएसँगै छाला तथा पेटका बिरामी बढेको बताउनु भयो ।
क्षमता भन्दा बढी कैदी तथा बन्दी राख्नुपर्दा वर्षा लागेसँगै बन्दीहरूमा स्वास्थ्य समस्या देखिनुका साथै शौचालय जान, नुहाउन र सुत्न समेत कठिनाई खेप्नु परेको कारागारमा रहेका कैदी अशोक केसीले बताउनु भयो ।
कारागारका स्वास्थ्यकर्मी चन्द्रबहादुर खड्काले पहिले भन्दा बिरामीको सङ्ख्या दैनिक दुई चार जना बढेको र महिनामा १० जनालाई जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको बताउनु भयो ।
क्षमता भन्दा बढी कैदी बन्दी थुप्रिएर अहिले कारागारमा खान, बस्न, सत्न तथा सरसफाईमा मात्र हैन छाला, स्वासप्रस्वास तथा एलर्जिका बिरामी हुने स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी खड्काको भनाई रहेकोछ ।
जिल्ला कारागार शाखा दोलखामा पुरुष कैदी बन्दी मात्र राखिन्छ । महिलालाई भने छिमिकी जिल्ला रामेछाप वा अन्य कारागार पठाउने गरिएको छ । हाल कारागारमा ६० वर्ष नाघेका ३ जना बन्दीहरू रहेका छन् ।
कारागारमा बन्दीहरूको नियमित स्वास्थ्य परिक्षण हुने गरेको छ भने आफन्तसँग भेटघाटको लागि उति प्रबन्ध गरिएको जेलर के.सी.ले जानकारी दिनु भयो ।
उहाँले खेलकुद र अध्ययनका लागि पुस्तकालयको व्यवस्था कारागार प्रशासनले गरेको जानकारी दिनु भयो ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २०…
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…