क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
‘ङ’ श्र्रेणीको जिल्ला कारागार, बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरुले गुनासो गरेका छन् ।
२५ जनाको क्षमता रहेको जिल्ला कारागार,बझाङमा हाल ३८ जना कैदी र ३७ जना थुनुवा गरी ७५ जना रहेका छन ।
खेलकुद , पुस्तकालय , मनोरञ्जनका साधन त परैजाओस ७५ जनाका लागि दुई ओटा शौचालय मात्रै हुँदा विहानदेखि दिउसो १२ बजेसम्म लाइनमा बस्नु पर्ने बाध्यता रहेको जिल्ला कारागार, बझाङका नाइके भक्त भन्डारीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘एउटै कोठामा धेरै जना बस्नु पर्ने बाध्यताले हलचल गर्न र श्वास फेर्न समेत गाह्रो हुने गरेको छ । तत्काल शौचालय र बस्नको लागि व्यवस्था गर्न कारागार प्रशासनलाई अनुरोध गरेका छौँ । समस्या समाधान नभएमा आन्दोलन गर्न बाध्य हुने छौँ ।’
सघन सहरी विकास तथा भवन निर्माण आयोजना, डाटीले पुरुष कैदीबन्दी गृह निर्माण गर्नका लागि स्टीमेट गरेको भएपनि ठेक्का प्रक्रिया अगाडि नबढेको कारण महिला कैदीबन्दीहरुका लागि बनाइएको भवनमा पुरुष कैदीबन्दीहरुलाई राख्नु पर्ने बाध्यता रहेको जिल्ला कारागार, बझाङका जेलर धनबहादुर घर्तीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘६ ओटा कोठामा नै सम्पूर्ण कैदीबन्दीहरु कोचिएर बस्नु पर्ने बाध्यता छ । कैदीबन्दीहरुका लागि प्रयाप्त मात्रामा शौचालय नहुँदा समस्या हुने गरेको छ ।’
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफू भरखरै सरुवा भएर जिल्लामा आएको बताउँदै तत्काल कारागारको अनुगमन गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना, डोटीसँग समन्वय गरी भवन निर्माणका लागि पहल गर्ने बताउनु भयो ।
रमेश केसी
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…