क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा
जिल्ला कारागार सोलुखम्बुमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा ५५ जना कैदी र १६ जना थुनुवा गरी हाल ७१ जना कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या भएको हो ।
क्षमता भन्दा बढी कैदीबन्दीको सङ्ख्या हुँदा सुरक्षा संवेदनशीलता बढेको र सरसफाईमा समेत समस्या भएको कारगारका जेलर महेश निरौलाले बताए ।
सीमित क्षमता भएको कारण कोचिएर बस्नुपर्ने र सुत्नुपर्ने भएकाले उनीहरूलाई विभिन्न सरूवा रोगले सताउने गरेको जेलर निरौलाले बताए । कैदीबन्दीलाई नुहाउन र शौचालय प्रयोगमा सबै भन्दा बढी समस्या रहेको निरौलाले बताए ।
पासाङ बम्जन तामाङ
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…