क्षमताभन्दा बढी सङ्ख्या हुँदा भान्सामा सुत्छन् कैदीबन्दी
२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको 'घ' श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दीहरू रहेका छन् ।
१८ जना पुरूष र सात जना महिला कैदीबन्दीको क्षमता भएको जिल्ला कारागार बागलुङमा अहिले १० जना महिला र ७८ जना पुरूष गरि ८८ जना कैदीबन्दीहरू रहेको कारागारका निमित्त कार्यालय प्रमुख दिपक शर्माले बताए ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुत्ने स्थानको अभावमा भान्सामा ओछ्यान लगाउनुपर्ने बाध्यता रहेको निमित्त प्रमुख शर्मा बताउँछन् ।
शर्माका अनुसार पानी परेको समयमा भान्साकै ओछ्यान पनि ओभानो नहुँदा कैदीबन्दी पालो पर्खिएर सुत्नुपर्छ । जिल्ला कारागारलाई अञ्चल कारागारको रूपमा विकास गरिनुपर्ने माग हुँदै आएको भएपनि अञ्चलमै कुनै विकल्प नभएको हुँदा कैदीबन्दीलाई जसोतसो राख्नैपर्ने बाध्यता भएको शर्माले बताए ।
साँघुरो ठाउँमा क्षमताभन्दा बढी कैदीबन्दीहरू बस्नु पर्दा खाने र सुत्ने समस्यामात्र नभएर पछिल्लो समयमा श्वासप्रश्वास् एवम् दाद र चिलाउने रोगजस्तो छालामा समस्या समेत रहेको जिल्ला कारागार बागलुङका हेल्थ असिष्टेण्ट आशिष सापकोटाले बताए ।
'२५ जनाको क्षमता भएको हुनाले औषधि उपचार खर्च पनि २५ जनालाई मात्र आउँछ ।'-सापकोटाले भने-'अधिकांश कैदीबन्दीहरूले बाहिरबाटै औषधि किनेर खाने गरेका छन् ।'
कारागारमा सधैँ पिउने पानीको अभाव हुने गरेको र पानीका कारण पनि स्वास्थ्यमा समस्या देखिने गरेको कैदिबन्दीका नाइके सुर्य नेपालीले बताए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…