क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूमा छालारोगको समस्या
डुडुवा गाउँपालिका-६ स्थित जयेन्दु बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूमा छालारोगको समस्या भएको छ । बालसुधार गृहका प्रमुख विमला काउचा मगरका अनुसार बालसुधार गृहमा १ सय ९० जना क्षमता भएको बालसुधार गृहमा हाल २ सय ४८ जना बालकहरू राखिएको छ । क्षमताभन्दा बढी बालबन्दी राखिएको कारण बालकहरूमा छालारोगको समस्या भएको हो ।
बालकहरूलाई सुत्न र खाने समस्या नभएको तर स्वास्थ्यमा समस्या हुने गरेको उहाँले बताउनु भयो । जयेन्दु बालसुधार गृहमा दुई ओटा भवन रहे तापनि एउटा हाल नयाँ भवनमा मात्रै कानुनी विवाद रहेकोले बालकहरूलाई राखिएको र ती भवनमा सानो ठूला गरेर आठ कोठामा रहेका हल टाइप भएका कोठामा २४ देखि ८० जनालाई राखिएको बालसुधार गृहका प्रमुख मगरले बताउनु भयो ।
बालसुधार गृहमा जबर्जस्ती करणी मुद्दामा १ सय ४३ जना, कर्तब्य ज्यानमा ३९ जना, चोरीमा ३६ जना , लागु औषधमा १३ जना, सवारी ज्यानमा आठ जना, कारागार ऐनसम्बन्धी कसुरमा चार जना, यौन दुर्व्यवहारमा तीन जना, बालबिज्याईमा एक जना, दुर्व्यवहारमा एक जना गरी जम्मा २ सय ४८ जना रहेका छन् ।
बालकहरू प्रेम सम्बन्धमा सहमतिमा करणी भएपछि परिवारले उजुरी दिने गरेको, उमेर नपुगी भागी विवाह गर्ने बालकहरूलाई बालिकाको अभिभावकले जाति, वर्ग, धनी, गरिब भनेर छुट्ट्याउने र चित्त नबुझेको अवस्थामा जबर्जस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गर्ने गरेको बालकहरूको गुनासो छ ।
प्राथमिक स्तरका दुई जना शिक्षक रहेका भए तापनि ५ देखि कक्षा १२ सम्मको विद्यार्थी पढ्दै गरेको अवस्थामा छन् । विद्यालय दर्ता नभएकाले आधारभूत स्वास्थ्य अधिकारबाट समेत वञ्चित हुनु परेको छ । यसपटक ३१ जना विद्यार्थीले एसईई परीक्षा दिएको, २५ जनाले कक्षा १२ को परीक्षा दिने तयारीमा रहेको र कक्षा ८ सम्म बालकहरूलाई भोलिन्टियरली पढाउँदै गरेको प्रमुख मगरले इन्सेकलाई जानकारी दिनुभयो ।
ध्रुबराज शर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…