क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या
जिल्ला कारागार शाखा, बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । वर्षयामको समयमा छानो चुहिने कारण क्षमताभन्दा बढी राखिएका कैदीबन्दीले थप कष्ट व्यहोर्नुपरेको हो ।
२५ जना क्षमता रहेको जिल्ला कारागार, बैतडीमा अहिले तीन जना थुनुवा र ४१ कैदी गरी जम्मा ४४ जना रहेका छन् । दुई ओटा कोठा रहेको कारागारमा १५ पुरूष र १० महिला गरी २५ जनाको क्षमता भएको भएपनि क्षमता भन्दा करिव दोब्बर कैदी भएपछि सुत्नको लागि समस्या हुने गरेको कारागार प्रमुख अनिलकुमार तिवारीले जानकारी दिए । अहिले कारागारमा कैदी र बन्दीहरूमा पुरूषहरू मात्रै रहेकोसमेत तिवारीले बताए ।
क्षमताभन्दा बढी कैदीन्दी हुदाँ कोठामा कोचिएर सुत्नुपर्ने अवस्था रहेको बन्दी जिवन विताइरहेका जिवन साउदले बताए । 'कारागार जीर्ण अवस्थामा छ । पुरानो भवन चर्किएर जताततै चिरैचिरा देखिन्छन् । समान्य भूकम्पको धक्का लागे पनि भत्किने डर छ ।'-कैदी देवबहादुर पुनले दुखेसो पोखे ।
कारागारभित्र पुस्तकालय र खेलकुदलगायत अन्य सिपमूलक क्रियाकलाप नहुँदा दिन बिताउन समस्या हुने गरेको कैदी भवानीदत्त पाण्डेयले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…