क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा कठिनाइ
पुतलीबजार कारागारमा भौतिक पुर्वाधारको अभाव हुँदा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाइ भोग्नु परेको जेल प्रशासनले जनाएको छ ।
कारागारको क्षमता ३५ जना पुरुष र १५ जना महिलाको भएपनि दुई जना महिलासहित १ सय ४२ जना कैदीबन्दी राख्नु परेको जेलर चुडामणि भण्डारीले जानकारी दिनु भयो ।
३५ जानका लागि निर्मित भवनमा १ सय ४० जना बस्नुपर्दा अनेकौ समस्या भोग्नु परेको चौकिदार ख्यामनारायण पौडेल बताउनु हुन्छ ।
उहाँका अनुसार ६ ओटा शौचालय रहेका छन् । शौचालय कम भएकाले पालो कुरेर बस्नु पर्दछ ।
कारागार भित्रको सुविधाका लागि भनेर २०७७ सालमा वायो ग्याँस प्लाण्ट निर्माण कार्यको थालनी भएको थियो ।
तर, त्यसको कार्यले पुर्णता नपाउँदा सो स्थानमा पानी जमेर लामखुट्टेको गोलो बढेको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले पनि चासो नदेखाएको असई मिनबहादुर खत्रीको गुनासो छ ।
नेपाल सरकारका तर्फबाट प्रतिव्यक्ति दैनिक ७ सय ग्राम चामल र दैनिक ६० रुपियाँ दिने गरेको छ । हालको महङ्गीले गर्दा सो सुविधाले खर्च नधान्ने हुँदा घरबाट खर्च मगाएर दैनिकी चलाउनु परेको जेलका चौकीदार ख्यामनारायण पौडेलको भनाइ छ ।
राधाकृष्ण शर्मा
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…