क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीद्वारा प्रदर्शन, प्रहरीद्वारा दुई सेल अश्रु ग्याँस प्रहार
प्रहरी हिरासतमा आफन्तको ज्यान गएको घटनाको छानबिन र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले वैशाख २९ गते दिनभर प्रदर्शन गरेका छन् ।
आफन्तले इलाका प्रहरी कार्यालय भिङ्ग्रीमा ढुङ्गा हान्दा इलाका प्रहरी कार्यालयको झ्यालका सिसा फुटेको र प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर अन्य चार जना प्रदर्शनकारी नै घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा स्वर्गद्वारी नपा-५ का खविराज गिरी, अमृत राउत, नारायण राउत, देवी राउत रहेका छन् । घाइते मध्ये खविराजलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ भने अन्य घाइतेको प्राथमिक उपचार केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय अघि भिङ्ग्रीमा प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दुई सेल अश्रु ग्याँस प्रहार गरेको जनाएको छ । प्रदर्शनका कारण रोल्पा भित्रने र बाहिरिने सवारी भिङ्ग्रीमा रोकिएका छन् ।
मृतकका आफन्त र प्रहरी प्रशासनबिच समस्या समाधानका विषयमा छलफल चलिरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । स्वर्गद्वारी नपा-५ उपल्लो सारीका २९ वर्षीय भुपेन्द्र गिरीले ओड्नेओछ्याउने कपडाको पासो लगाई हिरासतमा ०७४ वैशाख २८ गते राति करिव २ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
हिरासत भित्र रहेको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जित सिंह राठौरले बताए । शौच गर्न गएका उनी केही समय ढिलो गरेपछि अन्य व्यक्ति हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए ।
शौचालयको भेण्टिलेशनमा रहेको फलामको डण्डीमा कम्मल र तन्नाको डोरी बनाई झुण्डिएको अवस्थामा उनको लाश फेला परेको प्रहरीले जनाएको छ ।
मृतकले पत्नीलाई कुटपिट गरेको आरोपमा ०७४ वैशाख २८ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…