क्षतिग्रस्त पुल पुनर्निर्माण हुन नसकेपछि स्थानीयलाई सास्ती
जयपृथ्वी नगरपालिका–१ भण्डार र सदरमुकाम चैनपुर तथा जयपृथ्वी नगरपालिकाका अन्य वडा जोड्ने भगाली खोलाको पुल पहिरोका कारण भत्किएपछि यस क्षेत्रका स्थानीयहरु चार वर्षदेखि जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् ।
चार वर्ष अगाडी आएको पहिरोका कारण पुल भासिएर आवतजावतमा समस्या हुँदै आएको भएपनि पुनर्निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको हो ।
पुल बनेपछि समस्याको समाधान हुनेमा ढुक्क भएका स्थानीयहरु पुल निर्माण भएको केही महिना मै पहिरोले क्षति पुगाएपछि बन्द भएको पुलको पुनर्निर्माण नहुँदा यस क्षेत्रका स्थानीय ज्यान नै जोखिममा राखेर खोला तरेर दैनिकी चलाउन बाध्य छन् ।
निर्माण भएको पुल पुनःबन्द भएपछि बालबालिका, ज्येष्ठ नागरिक र असक्तहरुलाई थप समस्या भएको स्थानीयहरुको गुनासो रहेको छ ।
हिउँदको महिनामा केही सहज भएपनि वर्षातको समयमा बालबालिकाहरुलाई विद्यालय जाँन, बिरामीहरुको उपचार गराउँन समस्या हुँदै आएको पाण्डु माध्यामिक विद्यालय पडेसमा कक्षा १० मा अध्ययनरत छात्र विजय विष्टले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘भण्डार गाउँबाट झण्डै ४० जना विद्यार्थीहरु खोला तरेर विद्यालय जाने गरेका छौँ । वर्षाको दुई / तीन महिना त हामीलाई साह्रै अप्ठेरो हुन्छ । पढाई नै प्रभावित हुँदै आएको छ ।’
सोही विद्यालयमा अध्ययनरत छात्रा समिता थापाले खोला तर्दा पोसाक, झोला, कापी र किताव भिज्ने भएकोले वर्षातको समयमा विद्यालय नै नगएर घरमै बस्ने गरेको गुनासो गर्नु भयो ।
चार वर्ष अगाडी बन्द भएको पुलको पुनर्निर्णाण हुँन नसकेपछि विहान विद्यालय जाने बेला र बेलुका विद्यालयबाट आउने बेलामा खोला तराउन एक जनाले दैनिक जानु पर्ने बाध्यता रहेको स्थानीय उमेश विष्टले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘छोराछोरी विद्यालयबाट घर नफर्केसम्म बाटो हेरेर बस्नु पर्ने बाध्यता रहेको छ । पुल सञ्चालनमा ल्याउन पहल भएको देखिएको छैन् ।’
चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीयहरु सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् ।
मुलको मर्मत तथा पुनर्निर्माणको अभावमा बालबालिका, ज्येष्ठ नागरिक र असक्तहरुलाई थप समस्या उत्पन्न हुँदै आएको स्थानीय खडक विष्टले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘पुल निर्माण सम्पन्न भएको केही समय सञ्चालनमा आएपनि वर्षाको पानीले सडक कटान भएर पुलको भण्डार तिरको भाग माटोले पुरिएको छ । पुलमाथिबाट दिनहुँ पहिरो खस्ने गरेको छ । वर्षाको समयमा चौपायाहरु समेत खोलाले बगाउने गरेको छ ।’
पहिरोका कारण बन्द भएको पुल पुनर्निर्माण तथा स्थान्तरण गर्न कार्यमा सम्बन्धित निकायको ध्यान नगएका कारण बालबाच्चाहरुले खोखिम मोलेर खोला तरेर विद्यालय जाने गरेको र साउन २० गते विहान मात्रै चौपाय समेत खोलाले बगाएको स्थानीय पारु निसानीले दुखेसो पोख्नु भयो ।
जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष डम्बरबहादुर सिंहले आफूलाई यो समस्याका बारेमा जानकारी नभएको र स्थानीयहरुले समस्या लिएर आएको खण्डमा समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…