क्षतिग्रस्त खानेपानीको मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती
मालिकार्जुन गाउँपालिकामा लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएर क्षतिग्रस्त भएको एक हप्ता वितिसक्दा समेत मर्मतसम्भार नभएपछि स्थानीयहरुले खानेपानीको जोहो गर्न सास्ती खेप्नुपरेको छ ।
एक साता अघि आएको पहिरोले ट्याङ्कीमा जडान गरिएको, सोलार प्यानल, पुर्णरूपमा क्षति गरेपछि स्थानीय खानेपानीबाट वञ्चित भएका छन् ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ को कोटिला लिफ्टिङ खानेपानीको मुहानमा माथिबाट पहिरो खसेपछि खानेपानी ट्याङकी, सोलार प्यानल र मोटरमा पुर्णरूपमा क्षति भएको भए पनि सम्बन्धीत निकायहरुले मर्मतका लागि ध्ययन नदिएको स्थानीयहरुको गुनासो छ ।
कोटिला लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएपछि खानेपानीको समस्या भएको स्थानीय उद्धवसिह धामीले जानकारी दिनु भयो । सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको बेला एक्कासी पहिरो गएपछि खानेपानीको समस्या भएको र त्यसको मर्मतका लागि पहल नभएको स्थानीय पवनसिह धामीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘खानेपानीको मुहानमा पहिरो गएपछि एकडेढ घण्टा टाँढाबाट पानी ल्याउनु पर्ने बाध्यतामा छ । एक जनालाई दिनभर पानी बोक्नैमा ठिक्क भएको छ । गाईभैँसीलाई खुवाउनदेखि भान्सासम्मको पानी बोकेरै खानु पर्ने अवस्था आएको छ ।’
२०७२ जेठ २४ गतेबाट जिल्ला खानेपानी कार्यालयको सहयोगमा झण्डै ८० लाख रुपियाँ लागतमा खानेपानी गाउँमा पुगेपछि खानेपानीको लागि भोग्दै आएको दुःख केही सहज भएकोमा पहिराले क्षति पुर्याएपछि स्थानीयहरु पुनः निराश छन् ।
लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएपछि बालिचन आधारभुत विद्यालय, चडेखान र कोटिलाबस्तीका ३५ घरधुरीमा खानेपानीको अभाव भएको र मर्मत सम्भारको लागि गाउँपालिकासँग आग्रह गरिएको वडाध्यक्ष मदनसिह धामीले बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…