क्याम्पस प्रमुख, व्यवस्थापन समितिका अध्यक्ष र स्ववियु निर्वाचन अधिकृतलाई दुर्व्यवहार
धौलागिरी बहुमूखी क्याम्पसमा निर्वाचनका लागि दर्ता भएको संयुक्त विद्यार्थी समूहले क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा र स्ववियु निर्वाचन अधिकृत भक्तिराम न्यौपानेलाई फागुन २९ गते साँझ कार्यकक्षमा थुनेर दुर्व्यवहार गरेको छ ।
तोकिएको मनोनयन तालिकामा प्रकृया नथालेको आरोप लगाउँदै सो समूहले क्याम्पस प्रमुख उपाध्याय, अध्यक्ष थापा र निर्वाचन अधिकृत न्यौपानेलाई थुनेको हो ।
सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले ताला लगाएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।
फागुन २६ गते मनोनयन पत्र वितरण र फागुन २७ गते मनोनयन दर्ता गर्नुपर्नेमा अझैसम्म निर्वाचन समितिले म्याद थपेर काम नगरेको आरोप संयुक्त विद्यार्थी समूहको छ । सोही विषयमा छलफल चलिरहेको बेला विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए ।
एक साताअघि अखिल क्रान्तिकारी सहितका केही विद्यार्थी सङ्गठनले सबै मतदाताको एकै प्रकारको परिचयपत्र बनाउनु पर्ने, फर्जी विद्यार्थी भर्ना भएकोमा मतदाता सूचीबाट हटाउनु पर्ने माग गरेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।
‘केही विकल्पको विषयमा छलफल गरिरहेका थियौँ । त्यही बेलामा ताला लगाइयो । दबाब दिन होला ।’–क्याम्पस प्रमुख उपाध्यायले भन्नु भयो–‘निर्वाचनलाई अगाडि बढाउने विषयमा भित्रै छलफल गरिरहेका छौँ । ताला पनि खुलाउने प्रयास भइरहेको छ ।’
थुनामा परेपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक सहितको टोलीले क्याम्पस पुगेर खुलाउने प्रयास गरेकोमा ३० गते निर्वाचन प्रकृया कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने सहमतिमा ताला खुलाइएको छ ।
सृजना पन्त
सम्बन्धित समाचारहरू
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…