क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको राससले जनाएको छ ।

स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पस प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले आगजनी गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख सरोज पौडेलले बताए ।

आगजनीबाट कार्यकक्षमा रहेका महत्वपूर्ण कागजात, कुर्सी, टेबल गरी १ लाख रुपियाँ बराबरको क्षति भएको प्रमुख शर्माले जानकारी दिए । आगजनी कसले गरेको हो सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


अनलाइन डेस्क