क्याम्पसमा एक सातादेखि तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित
गोकुलेश्वर बहुमूखी क्याम्पस गोकुलेश्वरमा एक सातादेखि लगाइएको तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्ना, विद्यालयको विधि विधान, आर्थिक अनियमितता लगायतका विषय उठाउँदै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माघ १८ गतेबाट क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
क्याम्पसमा विद्यार्थीले लगाएको ताला माघ २३ गते राति तोडिएको छ भने क्याम्पसले लगाएको ताला भने यथावत छ । ताला कसले तोड्यो भन्ने बारेमा जानकारी हुन नसकेको विद्यार्थी नरेन्द्र विष्टले बताए । क्याम्पसमा लगाएको ताला तोडेको विषयमा छानबिन गर्न विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निवेदन दिएका छन् ।
विद्यार्थीहरूले पठनपाठन सुचारू गर्नुपर्ने, क्याम्पस प्रमुख नियमित रूपमा क्याम्पसमा हाजिर हुनुपर्ने, क्याम्स स्थापनादेखि हालसम्मको आय व्यय र्सार्वजनिक गर्नुपर्ने, क्याम्पस विधान, नियमावाली बनाउनुपर्नेलगायतका ११ बुँदे माग राखेका छन् ।
दुई साता अघि क्याम्पस व्यवस्थापन समिति र क्याम्पस प्रमुखले केही राजनीतिक दलको सहमतिमा १५ जना प्राध्यापक भर्ना गरेपछि क्याम्पसमा विवाद भएको हो । 'क्याम्पस नियुक्ति गोकुलेश्वर बजारको एक होटलमा भएको छ ।'-नेकपा एमालेका र्सवदलीय प्रतिनिधि बीरभद्र पाण्डेले भने । 'कसैलाइ जानकारी नगराइ प्राध्यापक भर्ना गरिएकोले यसको खारेजी हुनुपर्छ । सामान्य प्रक्रियासमेत नपुर्याइ भर्ना कुन ऐनमा छ ?'-उनले भने ।
क्याम्पसले समेत ताला कसले तोड्यो भन्ने विषयमा अनविज्ञता जनाएको छ । 'विद्यार्थीले लगाएको ताला मात्रा तोडिएको छ ।'-निमित्त क्याम्पस प्रमुख धनसिह विष्टले भने-'ताला तोडेको विषयमा प्रहरीलाई जानकारी गराइएको छ ।' क्याम्पसको अन्य विषयमा छलफल गर्न क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुख नभएको हुँदा विद्यार्थीहरूसँगको वार्ता ठोस निष्कर्षा पुग्न नसकेको विष्टको भनाइ छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…