क्याम्पसका सुरक्षा गार्डमाथि कुटपिट

  ०७८ भदौ ३१ गते

सुर्खेतस्थित शिक्षा क्याम्पसमा कार्यरत ३० वर्षीय सुरक्षा गार्ड बिर्खबहादुर रावतमाथि अज्ञात पक्षले भदौ ३० गते राती कुटपिट गरेको छ ।

क्याम्पसको सुरक्षार्थ खटिएका रावतमाथि अज्ञात पक्षले कुटपिट गर्दा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो ।

प्रहरी घटनास्थलमा पुग्दा आरोपितहरू फरार भइसकेकोले उनीहरूको खोजी भइरहेको डिएसपी घर्तीको भनाइ छ ।

पीडितको उपचार भदौ ३१ गते वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा गरिएको सो क्याम्पसका स्ववियु सभापति चक्रबहादुर शाहीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।


विनोद लम्साल