कोशी प्रदेश नामाकरण विरोध आरोपमा दुई जना गिरफ्तार

  ०७९ चैत २ गते

कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन उत्रिएका सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–१७ का ४८ वर्षीय जनक ऋषि राई र धरान–१३ का ३० वर्षीय सञ्जय याख्यालाई प्रहरीले चैत २ गते कोशी प्रदेशसभा भवन विराटनगर अगाडीबाट गिरफ्तार गरेको छ ।

कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएका राई र याख्यालाई प्रहरीले गिरफ्तार गरेको हो ।

कोशी प्रदेश नाम  खारेज गरी जातीय पहिचानको आधारमा नामाकरण गर्न  माग गर्दै प्रदेशसभा भवन अगाडी चैत २ गते  पहिचानका लागि सडक साहित्यिक यात्रा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रदेशसभा सचिवालय प्रवेशमा अवरोध हुने गरी सडक साहित्यिक यात्रा कार्यक्रममा राईले प्रहरीको आदेशलाई अवज्ञा गरी कविता वाचन गर्न थालेपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

गिरफ्तारीमा परेका राई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुनसरीका अध्यक्ष हुनुहुन्छ ।

गिरफ्तारीमा परेका दुवै जनालाई प्रहरीले चैत २ गते साँझ रिहाई गरेको छ ।

Photo 20230316 Morang


विनोद सुवेदी