कोशी नामाकरणको विषयमा प्रदर्शन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् ।
विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो विकास सम्बन्धी एक कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुन अवरोध हुने गरी प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले विरोध जनाएपछि प्रहरीसँग झडप भएको थियो ।
झडपका क्रममा १३ जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेहरूमा मोरङ ग्रामथान गाउँपालिका–६ का २१ वषीय सुरज राई, सुनसरी, धरान उपमहानगरपालिका –१२ का ४१ वर्षीय अशोक राई, धरान उपमहानगरपालिका–१२ का २२ वर्षीय उदय लिम्बु, इटहरी उपमहनगरपालिका– ५ का २६ वर्षीय पदम केरुङ, धरान उपमहानगरपालिका–१६ का ५१ वर्षीय शिव आङदेम्बे, धरान उपमहानगरपालिका–१६ का ४८ वर्षीय ज्ञानप्रकाश राई, धरान उपमहानगरपालिका–५ का ४६ वर्षीय एक के दर्नाल, धरान उपमहानगरपालिका–५ का २५ वर्षीय विशाल राई, इटहरी उपमहानगरपालिका– ५ का २५ वर्षीय पद्मलाल लिम्बू , धरान उपमहानगरपालिका– ११ की २८ वर्षीय आस्था राई, इटहरी उपमहानगरपालिका– २ तरहराका ३३ वर्षीय रेसम राई, इटहरी उपमहनगरपालिका– ५ का २७ वर्षीय रोयल राई, इटहरी उपमहानगरपालिका–८ का २९ वर्षीय बिमल किराँती रहेको प्रत्यक्षदर्शी अर्जुन जम्नेली राईले बताउनुभयो ।
घाइतेहरुको प्राथमिक उपचार विराटनगरस्थित पारस अस्पतालमा गरिएको छ ।
आन्दोलनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले २९ राउण्ड हवाइफायर, ४४ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…