कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार

  ०७९ साउन २६ गते

विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड अस्पतालमा भर्ना गरिएका दास साउन २५ गते अस्पताल परिसरबाट फरार भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताउनु भयो ।

शौच गर्ने बहानामा दास फरार भएको सूचना अधिकारी राजवंशीको भनाइ छ ।

शौचालय जानेपछि हत्कडी खोलेपछि दास फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बैङ्किक सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट ०७६ वैशाख २९ गते दोषी ठहर भइ ६ महिना कैद सजायको फैसला तोकिएपछि दास फरार भएका थिए ।

लुकिछिपि बसेको अवस्थामा प्रहरीले दासलाई साउन २० गते घरबाटै गिरफ्तार गरेको थियो ।

कोशी अस्पतालमा साउन २० गते स्वास्थ्य परीक्षणका क्रममा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि दासलाई कोशी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।


विनोद सुवेदी