कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)

  ०७७ वैशाख १० गते

नेपालमा थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा धरानको प्रयोगशालामा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षका पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिनु भयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर Table_1_April22आआफ्नो घर फर्किएका छन् । नयाँ सङ्क्रमित तीनै जना उदयपुरका हुन् । वैशाख ९ गते उदयपुरको भुल्केमै ११ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित ३८ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।

डाक्टर देवकोटाका अनुसार पीसीआर प्रविधिबाट ९ हजार ७९ जना र आरडीटी प्रविधिबाट ३१ हजार ४ सय २० गरी कुल ४० हजार ४ सय ९९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै देशभर हालसम्म ८ हजार ५ सय ९५ जना क्यारेण्टाइनमा र ९५ जना आइसोलेशनमा रहेका छन् । भारत सरकारले १८ प्रकारका औषधिहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको छ ।

प्रदेश १

प्रदेश १ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २८ जना पुगेको छ । वैशाख ५ गते १२ जना, वैशाख ६ गते एक जना, वैशाख ९ गते ११ जना र वैशाख १० गते चार जनामा कोरोना सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एकै परिवारका पाँच जना सम्ममा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित मध्ये २४ जना उदयपुरका र ४ जना विराटनगरका रहेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेका १३ जनामा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकार र नेपाली सेनाले गरेको स्वाब परीक्षणमा २९ जनामा सङ्क्रमण देखिएको हो । नेपाली सेनाले सङ्कलन गरेको स्वाब मध्येबाट चार जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

प्रदेश १ मा वैशाख १० गतेसम्म ८ सय २३ जनाको नमूना सङ्कलन गरिएको छ । नमूना सङ्कलन गरिएका मध्ये ७६ जना महिला र ४ सय ४९ जना पुरुष गरी ५ सय २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गरिएका मध्ये २ सय ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आरडीटी विधिबाट वैशाख १० गतेसम्म ३ हजार ५ सय ९२ जनाको एण्टीवडी परीक्षण गरिएको छ । १० जनामा पोजेटिभ रिपोर्ट आएको छ । ३ हजार ५ सय ८२ जनाको नेगेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा वैशाख १० गतेसम्म ४ हजार ७ सय ८३ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा १ सय १२ जना महिला र ९ सय ५८ जना पुरुष गरी १ हजार ७० जना बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । १७ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४ हजार ६ सय ४२ जना पुगेको छ । ७ सय ६० जना महिला र ३ हजार ८ सय ८२ जना पुरुष रहेका छन् । वैशाख १० गतेसम्म आइसोलेशनमा बस्नेको सङ्ख्या ३४ जना पुगेको छ । तीन जना महिला र ३१ जना पुरुष आइसोलेशनमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा वैशाख १० गतेसम्म व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) ७ सय ५९ थान वितरण गरिएको छ ।

एक साताअघि देखि बन्द रहेको धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजार स्थल वैशाख ११ गतेदेखि खुल्ने भएको छ । वैशाख १० Table_2_April22गते धरान उपमहानगरपालिकाको उच्च स्तरीय बैठकले धरानमा लकडाउनको बेलामा तरकारीजन्य बस्तुमा सहज होस् भनेर एक साताअघिदेखि बन्द रहेको कृषि बजार सुचारु गर्ने निर्णय गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुलाई र्‍यापीड टेष्ट किट ५० ओटा प्राप्त भएको छ । प्रदेश प्रयोगशाला मार्फत वैशाख १० गते उक्त किट सहितको अन्य सामग्री प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्ति प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनु भयो । जिल्लालाई थप ३० ओटा पीपीई, चार ओटा थर्मल गन प्राप्त भएको छ ।

राष्ट्रियसभा सदस्य तथा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले संखुवासभामा कोरोना भाइरस परीक्षणका लागि १२ थान थर्मोगन सहयोग गर्नु भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै पूर्व खानेपानी राज्यमन्त्री दिपक खड्काले वैशाख १० गते  सङ्खुवासभा जिल्लाका पत्रकारलाई माक्स र सेनिटाइजर सहयोग गर्नु भएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा वैशाख १० गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ६ सय २० जनाको स्वाब परीक्षण गरिएकोमा ६ सय ६ जनाको रिपोर्ट आएको छ । जसमध्ये ६ सय २ को रिपोर्ट नेगेटिभ आएको छ भने चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यसैगरी, वैशाख १० गतेसम्म आरडीटी किटबाट परीक्षण ३ हजार ८ सय ७७ जनाको गरिएकोमा ३ हजार ८ सय ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएकामध्ये सात जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउँन बाँकी रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा वैशाख १० गतेसम्म १ हजार १ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ४ सय १९ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेश २ मा कोरोना आशङ्का गरिएका १४ जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् ।

Table_3_April22कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारले लागु गरेको लकडाउनका कारण प्रदेशको शैक्षिक गतिविधिमा बाधा पुगेको छ । यसैसन्दर्भमा सामाजिक विकास मन्त्रालयको पहलमा वैशाख १० गते प्रदेशका आठ ओटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तथा युनिसेफ, सेभ द चिल्ड्रेन लगायत अन्य दातृ निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागितामा अनलाइन बैठक बसी मन्त्रालयको नेतृत्वमा १४ सदस्यीय शिक्षा समूह अर्थात एजुकेशन क्लस्टर समन्वय समिति कोभिड- १९ गठन गर्ने निर्णय गरेको छ । बैठकले हालको अवस्थालाई मध्यनजर गरी अहिलेसम्म भइरहेको कार्यक्रम तथा प्रयासलाई प्रभावकारी बनाउने विषयका साथै प्रतिकार्य योजना कार्यान्वयन एवम् अनुगमन गर्नका लागि यो समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ अन्तर्गतका जिल्लामा स्थित ७५ ओटा विद्यालयमा क्वारेन्टाइन स्थापना गरिएकोमा समितिले शिक्षा विकास तथा समन्वय इकाइमार्फ स्थानीय सरकारसँग समन्वय गरी प्रत्येक विद्यालयको तथ्याङ्क सङ्कलन तथा लेखाजोखा गर्ने छ र शिक्षा विकास तथा समन्वय इकाइले सङ्कलित तथ्याङ्कको समग्र प्रतिवेदन तयार गरी प्रदेश क्लस्टरलाई बुझाउने व्यवस्था मिलाइएको छ । सामाजिक विकास मन्त्रालयले उक्त एकीकृत प्रतिवेदनलाई अन्तिम रूप दिई शिक्षा समूहमार्फत प्रतिकार्य योजना तयार गर्ने कार्यको निर्णय गरिएको छ ।

कोरोना महामारीले गर्दा उत्पन्न परिस्थितिमा महिलाहरूको हिंसाको अवस्था र स्थानीय निकाय तथा सुरक्षाकर्मीहरूले तयारी गरेको सुरक्षा Table_4_April22योजनाको अनुगमन गर्न इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार लगायत सिरहामा क्रियाशिल सङ्घ संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले गोलबजार, मिर्चैया र कल्याणपुर नगरपालिकामा वैशाख १० गते अनुगमन गरेको छ । बढ्दो महिला हिंसाको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा एक ओटा छुट्टै महिला क्वारेन्टाइन निर्माण तथा सुरक्षा बासको लागी गोलबजारका नगर प्रमुख तथा मिर्चैयाका नगर प्रमुख श्रवण यादवसँग छलफल गरेको छ । यसैबीच टोलीले कर्जन्हा नगरपालिकामा घरेलु हिंसा पीडितलाई भेटेर घटना बारे जानकारी लिएको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन रौतहटको फतुवाबिजयपुर नगरपालिका र इलाका प्रहरी कार्यालय विजयपुर प्रहरीको सहयोगमा वैशाख ९ गतेदेखि जनप्रतिनिधि, शिक्षक तथा समाजका अगुवा वर्ग सम्मिलित स्वयम्सेवक गठन गरी परिचालन गरिएको छ । स्वयम्सेवक टोलीमा फतुवाविजयपुर नगरपालिका-८ का वडा अध्यक्ष सूर्यनारायण खाँ थारु, वडा-८ का वडाध्यक्ष उमाशङ्कर जयसवाल, वडा-९ का वडाध्यक्ष दिपनारायण चौधरी, शिक्षक राधेश्याम यादव, नेकपाका ऋषि ढुङ्गाना, कांग्रेसका जयकरण यादव लगायत २३ जना रहेका छन् । स्वयम्सेवक टोलीलाई इलाका प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर चन्द्र किशोर साहले प्रशिक्षण दिनु भएको थियो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

बागमती प्रदेश अन्तर्गत नुवाकोट, धादिङ, रसुवालगायतका जिल्लामा राहत वितरणको कार्य जारी राखिएको छ । त्यसैगरी नुवाकोट, ललितपुर, चितवनलगायतका जिल्लामा लकडाउन उल्लङ्घन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सचेत गराउँदै छाडेको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले गाउँपालिका भित्र रहेका सम्पूर्ण किराना पसलहलाई मुल्यसूची राख्न अनुरोध गरेको छ । सिन्धुपाल्चोकका स्वास्थ्य संस्थामा वैशाख १० गते पीपीई वितरण गरिएको छ । कोरोना भाइरसका सन्दर्भमा जिल्लाको मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको कार्यविधिअनुसार सिन्धुपाल्चोकमा गठन भएको मानव अधिकार अवस्था अनुगमन समितिमा इन्सेक जिल्ला प्रतिनिधि नातिबाबु धिताललाई चयन गरिएको छ ।

लकडाउनका कारण काठमाडौँ उपत्यकामा बसोबास गर्ने आफ्ना स्थानीय तहका नागरिकलाई दोलखाका स्थानीय तहले जिल्लामा फर्काइरहेका छन् । चितवनको राप्ती नगरपालिकाले पैदलयात्रीको उद्धार गरी गन्तव्यमा लैजान सहजीकरण गरेको छ । सो नगरपालिकाले लकडाउनका कारण पैदलयात्रा गरिरहेकालाई सवारीसाधनको व्यवस्थापन गरी पठाउने काम गरेको हो । उपमेयर इमानसिंह लामाको सक्रियतामा भोकभोकै सडकमा हिँडिरहेकाहरूलाई सवारीसाधनको व्यवस्था गरी पठाउने गरिएको छ । मकवानपुरको भेमफेदीबाट प्यूठान र रोल्पा जान हिँडेका १७ जनालाई वैशाख १० गते आज उद्धार गरी सवारीसाधन खोजेर सुरक्षित यात्राको व्यवस्थापन गरिएको उपमेयर लामाले बताउनुभयो ।

रामेछापको दोरम्बा गाउँपालिकाले आफ्नै खर्चमा काठमाडौँमा अलपत्र परेकालाई गाउँ ल्याउन सुरु गरेको छ । पहिलो चरणमा १४ ओटा बसबाट स्थानीय तहबासीहलाई ल्याउने तयारी भइरहेको दोरम्बा गाउँपालिका प्रमुख कामानसिंह मोक्तानले जानकारी दिनुभयो ।

काभ्रेको महाभारत गाउँपालिकाले ३ सय ५८ जना पैदल यात्रीलाई उद्धार गरेको गाउँपलिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उनीहरूलाई वैशाख १० गते बिहान २ बजे ४ ओटा बस मार्फत उद्धार गरी गाउँ ल्याइएको हो । उद्धार गरिएका सबैको स्वास्थ्य जाँच गरेर मात्रै गाउँपालिका प्रवेश गराउने पालिकाका प्रवक्ता रविन मोक्तानले बताउनुभयो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

बागलुङकी प्रथम कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको स्वाब पुनःपरीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । वैशाख १० गते बागलुङ जिल्लाका विभिन्न स्थानमा रहेका ११ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले वैशाख १० गते लकडाउन उल्लङ्घन गरेको आरोपमा १८ जनालाई कारबाही गरेको छ । अलपत्र परेका नागरिक तथा विपन्न व्यक्तिलाईलक्षित गरी पर्वत जिल्लाको विभिन्न पाँच ठाउँमा मेस स्थापना गरी खानपानको व्यवस्था गरिएको छ ।

तनहुँको दमौली अस्पतालमा वैशाख १० गते सेनीटाइजर टनेल स्थापना गरिएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सङ्क्रमणबाट जोगाउन अस्पतालको मुख्यद्वारमा सेनीटाइजर टनेल स्थापना गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनु भयो ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५
नवलपरासी पश्चिम जिल्ला बर्दघाट नगरपालिकाका ७८ वर्र्षीय पुरूषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो । आरडीटी  परीक्षणमा पोजेटिभ देखिएपछी स्वाब सङ्कलन गरी अन्तिम परीक्षणका लागि रुपन्देही जिल्लाको भैरहवास्थित कोराना परीक्षण प्रयोशालामा पठाइएको छ ।

प्रदेश ५ मन्त्री परिषद्को वैशाख १० गते बसेको बैठकले कोरोना भाइरस जोखिम व्यवस्थापनको लागि आवश्यक काम गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम दिने निर्णय गरेको छ । तराईका जिल्लाहरूलाई ८ लाख रुपियाँ र पहाडी जिल्लाहरूलाई ५ लाख रुपिँयाका दरले दिने निर्णय गरेको हो ।

रुकुम पूर्व जिल्लामा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्लास्तरीय समिति गठन गरिएको छ । समितिमा इन्सेक जिल्ला प्रतिधिनि जयमान बुढा मगर सदस्य रहेका छन् ।

तुलसीपुर उपमनपाले राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैङ्क स्थापना गरेको छ । सामाजिक दुरी कायम गर्दै बसेको नगर कार्यपालिकाको ८४ औँ बैठकले श्रम बैङ्क सञ्चालन गर्न वडाध्यक्षको संयोजकत्वमा वडा–वडामा श्रम समिति बनाइने छ । यस्तो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ ।
प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानमा स्थलमार्गबाट हुम्लाको देउली वितरण केन्द्र र सर्केगाड डिपोका लागि आएको खाद्यान्न छाँयानाथ रारा नगरपालिका-१४ को बामगाउँमा एक हप्तादेखि रोकिएको चामल वैशाख ९ गतेबाट ढुवानी सुरु भएको छ ।

कर्णाली प्रदेशसभा सदस्य करविर शाहीले व्यक्तिगत खर्चमा बस रिजर्भ गरेर कर्णाली प्रदेशको सीमाना बबई पुलमा अलपत्र परेका जाजरकोटका विभिन्न स्थानीय तहका नागरिकहरूको उद्धार गर्नुभएको छ । उद्धार गरिएकाहरूको शिवालय गाउँपालिको छेडा बजारमा स्वास्थ्य जाँच गरी विवरण राखेर सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको निगरानीमा रहने गरी जिम्मा लगाइएको सांसद शाहीले बताउनु भयो । त्यसैगरी, नेपालगञ्ज, कोहलपुर तथा सुर्खेतमा अलपत्र परेका ६० जनालाई पलाता गाउँपालिकाले उद्धार गरी कालीकोट ल्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र दैलेखको वैशाख १० गते बसेको बैठकले जिल्लाका ११ ओटै स्थानीय तहहरूले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेमा हेल्प डेस्क राखी नागरिकहरूलाई उपयुक्त सवारी साधनबाट लैजाने व्यवस्था मिलाउने निर्णय गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको उक्त बैठकले भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूलाई सिधै क्वारेण्टाइनमा राख्ने र नेपालभित्रबाटै कम जोखिम भएका ठाउँबाट आएकाहरूलाई वडाका जनप्रतिनिधिको निगरानीमा घरमै क्वारेण्टाइन नियम पालना गर्न लगाउने निर्णय भएको छ ।

कोरोना भाइरसका सन्दर्भमा जिल्लाको मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको कार्यविधिअनुसार रुकुम पश्चिममा ०७७ वैशाख ९ गते मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ । समितिमा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीलाई सदस्यमा चयन गरिएको छ । त्यसैगरी, डोल्पा जिल्लामा इन्सेक जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाको नेतृत्वमा वैशाख १० गते मानव अधिकार अवस्था अनुगमन समिति गठन भएको छ ।

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाले लकडाउनका कारण अलपत्र परेका व्यक्तिहरूका लागि आश्रयस्थल र सङ्क्रमितको सम्भावना भएका व्यक्तिहरूलाई राख्न पूर्व सावधानी गृह सञ्चालनमा ल्याएको छ ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । अछाम जिल्लाको मङ्गलसेन नगरपालिकाले आफुखुसी राहत सामग्री वितरण नगर्न वैशाख १० गते सूचना जारी गरेको छ । राहत वितरणमा दोहोरोपना, छुट्ने र विभेद हुन सक्ने भन्दै स्थानीय तहसँगको समन्वयमा राहत वितरण गर्नसमेत नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । दार्चुलाका ६ ओटा स्थानीय तहले जिल्ला बाहिर रहेका नागरिकलाई समेत राहत वितरणको तयारी थालेका छन् । लकडाउन समय अझै अनिश्चित रहेको भन्दै जिल्ला बाहिर र देश बाहिरका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन थालिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो ।

भारत पिथौरागढको धार्चुलास्थित मिनि स्टेडियमा तीन सातादेखि क्वारेन्टाइनमा बसेका दार्चुलाका नौ जना नेपाली नेपाल प्रवेश गर्न नपाएपछि बुधबार महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । सरकारले सुरक्षितरूपमा घर फर्काउन चासो नदिएपछि आफुहरूले ज्यानको बाजी थापेर महाकाली नदी तरेर स्वदेश भित्रिएको उनीहरूले बताए ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ 


अनलाइन डेस्क