कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १९ गते)
साउन १९ गते ४ सय १८ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ५० जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १९ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार ९ सय ६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १९ गते ३ सय ५८ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ५ हजार ७ सय ३२ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ७ हजार ६ सय ३७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय एक वृद्धको साउन १९ गते मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । साउन १९ गते बिहान १० बजे कोशी अस्पतालमा उपचारका लागि भर्ना भएका वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । मृतक श्वासप्रश्वास र उच्च रक्तचापको समस्याबाट पीडित थिए । कोरोना रिपोर्ट आउनुअघि नै मृत्यु भएको प्रमुख बस्नेतले बताउनुभयो । वृद्धको ट्राभल हिष्ट्री नभएको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै विराटनगर महानगरपालिकाले भदौ १ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ । मोरङमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सुनवर्षी नगरपालिकामा एक जनाको मृत्यु भएको थियो । विराटनगर महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ सय ४२ पुगेको छ ।
प्रदेश ५
बाँकेको नेपालगञ्ज उपमनपाका कर्मचारी र जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन १९ गतेदेखि अर्को सूचना नहुञ्जेलसम्मका उमनपाको कार्यालय सील गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनु भयो । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उमनपाका अधिकृत, जनप्रतिनिधि र कर्मचारी गरी आठ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको उमनपाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनु भयो । आइसोलेशनको अभावमा नेपालगञ्ज आन्तरिक राजश्व कार्यालयमा भेटिएका पाँच जना कर्मचारीलाई सोही कार्यालयमै आइसोलेशन कक्ष तयार गरेर राखिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…