कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १३ गते)
कोरोना सङ्क्रमितको सङ्ख्या साउन १३ गते ३ सय ११ जनामा पुष्टि भएसँगै १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १३ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १३ हजार ८ सय ७५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १३ गते १ सय २१ जना डिस्चार्ज भएका छन् । ५ हजार १ सय ३९ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७२.८ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन १३ गते थप एक जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ३२ जनाको स्वाब परीक्षण गरिएको थियो ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोशी अस्पताल विराटनगरमा कोरोना भाइरस स्वाब परीक्षण गर्दै आएको पीसीआर मेसिन बिग्रिएपछि समस्या भएको छ । मेसिनमा समस्या देखिएपछि मर्मतका लागि काठमाडौँ पठाउने तयारी भइरहेको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । दासका अनुसार केही दिनयता पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएको थियो । आन्तरिक रूपमै समस्या समाधानको प्रयास गरिए पनि सम्भव नभएपछि मर्मतका लागि काठमाडौँ पठाउने तयारी गरिएको जानकारी उहाँले दिनुभयो । मेसिन अभावमा काम नरोकियोस भनेर विराटनगरको एक औषधि सप्लायर्सबाट केही समयका लागि अर्को मेसिन जडान गरेर स्वाब परीक्षण कार्यलाई भने निरन्तरता दिइने दासले बताउनु भयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेको भन्दै सप्तरीमा राजविराज नगरपालिका, राजगढ गाउँपालिकापछि साउन १३ गतेदेखि अग्नीसाइर कृष्णसवरण गाउँपालिकाले गाउँपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने सेवाहरू बन्द गरेको जनाएको छ । समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गरी अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवा अर्को सूचना नहुञ्जेल सम्मका लागि बन्द गरिएको जानकारी दिनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार धनुषाको किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय पुरूषको मृत्यु भएपछि उनको शवलाई साउन १२ गते नेपाली सेनाको टोलीले मिथिलाविहारी नगरपालिकाको परसुराम तलाउ नजिक दाहसंस्कार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोरोना सङ्क्रमणबाट बीरगंजमा मृत्यु भएका भारतीय व्यापारीको शव साउन १२ गते मध्यरातमा गाडिएको छ । मृतक भारतीय नागरिकसहित पाँच जना सङ्क्रमितको शव व्यवस्थापन छुट्टा छुट्टै तीन ठाउँमा गरिएको छ । स्थानीयको विरोधकै कारण कोरोना विशेष अस्पतालमा साउन ११ गते बिहान मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापनमा समस्या भएको थियो । १२ गते मध्यरातमा तिलावे खोलाको किनारमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शवलाई खाल्डोमा गाडेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भएपनि स्थानीयले अवरोध गरेपछि प्रहरीले पनि सहयोग गर्दै आएको छ । स्थानीय प्रशासन र महानगरपालिकाले भनेको स्थानमा शव व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि राती तिलावेमा सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मनोजित कुँवरले बताउनु भयो । १२ गते बीरगंज मनपा–३१ बेल्वाको जङ्गलमा जेसिबी र ट्याक्टरसहित तोकिएको स्थानमा खाल्डो खन्न जान लागेको सेनाको टोलीलाई बीरगंज मनपा–३२ टेढाका स्थानीयले बाटैमा रोकेको थियो । गाउँको नजिक कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न नदिने अडान स्थानीयले राखेका थिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…