कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये ११ हजार २ सय ४९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ६ हजार ५६ जनाको उपचार भइरहेको छ भने ३९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा १ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेशमा समुदायस्तरमा पनि कोरोना परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरेको छ । पछिल्लो समय प्रदेशमा कोरोना सङ्क्रमण क्वारेण्टाइनमा मात्र देखिएको छ । समुदायमा सङ्क्रमण छैन । तर, प्रदेश सरकारले नमूनाका रूपमा समुदायस्तरमा परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो ।
प्रदेश २
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार परोहा नगरपालिका–७ नरकटियाका ३६ वर्षीय सङ्क्रमित युवकको असार ३१ गते उपचारका क्रममा नारायणी अस्पताल बीरगञ्जमा मृत्यु भयो । केही वर्षदेखि भारत बैङ्गलोरमा रहेर काम गरिरहेका युवक गत असार २४ गते घर फर्किएका थिए । इन्द्रबक्स गण पुरेनवाका प्रमुख कर्णेल सामन्तध्वज खाँडको सैनिक टोलीले साउन १ गते शव व्यवस्थापन गरेको हो । यसअघि फतुवाविजयपुरका २४ वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । यो सँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…