कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
पछिल्लो २४ घण्टामा ४४ जिल्लाका २ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा ४ हजार ७ सय १० जनाको नमुना परीक्षण भएको छ । योसँगै नेपालमा १५ हजार ७ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ६ हजार ५ सय ४७ जना डिस्चार्ज भएका छन् । ३४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश २ मा ४ हजार १ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ । यहाँ सङ्क्रमितमध्ये २ हजार ३४ जना डिस्चार्ज भएका छन् । प्रदेश ५ मा ३ हजार ९ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ६ सय ७८ छ भने डिस्चार्ज हुने ६ सय ८० जना छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ सङ्क्रमितमध्ये १ हजार १ सय ९१ जना डिस्चार्ज भइसकेका छन् । गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जना सङ्क्रमित भएका छन् । यहाँ २ सय ३४ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा ६ सय ९४ जना सङ्क्रमितमध्ये ४ सय ६९ जना डिस्चार्ज भइसकेका छन् । बागमती प्रदेशमा सबैभन्दा कम ५ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएकोमा २ सय ३४ जना डिस्चार्ज भइसकेका छन् ।
प्रदेश २
प्रदेश २ मा असार २१ गते १ सय १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय ८ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये २ हजार ७७ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार २१ गते थप आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ९६ पुगेको छ भने बागलुङमा एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराले तनहुँको भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र कास्की जिल्लाको रुपा गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेललगायतको टोलीले असार २१ गते उक्त स्वास्थ्य सामग्री तीन स्थानीय तहलाई हस्तान्तरण गरेको हो । स्थानीय तहलाई दुई/दुई थान थर्मल गन, एक/एक लिटर सेनिटाइजर र ५/५ सय थान मास्क उपलब्ध गराइएको संयोजक खकुरेलले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको…
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी…
पतिको खुकुरी प्रहारबाट पत्नी घाइते
धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले जेठ ८ बिहान…