कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भयो । उहाँका अनुसार सङ्क्रमितमध्ये २९ जनाको मृत्यु, ३ हजार १ सय ९४ जना डिस्चार्ज र १० हजार ३ सय ४१ जनाको उपचार भइरहेको छ । मन्त्रालयले असार १६ गते जारी गरेको स्थिति प्रतिवेदनमा सबैभन्दा बढी प्रदेश ५ मा ३ हजार ८ सय ७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । त्यसैगरी सबैभन्दा कम बागमती प्रदेशमा ४ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा प्रदेश २ का चार जना, बागमतीका पाँच जना, गण्डकीका दुई जना, प्रदेश ५ का नौ जना, कर्णाली प्रदेशका चार जना र सुदूरपश्चिमका पाँच जना रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण प्रदेश १ मा कसैको मृत्यु भएको छैन ।
प्रदेश १
प्रदेश १ मा असार १६ गते थप ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ५ सय ७८ पुगेको छ । असार १६ गते आठ जना कोरोनाको उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेशमा कूल डिस्चार्ज हुनेको सङ्ख्या ४ सय पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा असार १६ गते ५० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्या ३ हजार ४ सय ३९ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार ७ सय २५ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लामा पाँच जना नेपाली सेनामा कार्यरत कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू कोरोना प्रभावित क्षेत्रमा खटिएका थिए । उनीहरूलाई चन्द्रपुरको सहिद पार्कमा रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेशनमा राखिएको छ । सो आइसोलेशनमा पाँच जना नेपाली सेनासहित ११ जना कोरोना सङ्क्रमित रहेको जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताउनु भयो ।
धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार असार १५ गते साँझ प्रादेशिक अस्पताल जनकपुरमा रौतहट जिल्ला स्वास्थ्य कार्यालयका चार जना कर्मचारी र एक जना गैरसरकारी संस्थाकी कर्मचारी गरी पाँच जनाको रिपोर्ट पोजेटिभ आएपछि असार १५ गते राति नै पुनः हेटौंडामा परीक्षण गर्दा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, रौतहटका प्रमुख महेश साहले बताउनु भयो । यसअघि समेत दुई पटक जनकपुरको प्रादेशिक प्रयोगशालाले गलत रिपोर्ट दिएको स्वास्थ्य प्रमुख साहले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा असार १६ गते १६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रदेशको काठमाडौ जिल्लामा १२ जना, भक्तपुर र ललितपुर जिल्लामा एक/एक जना सिन्धुपाल्चोक जिल्लामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय २८ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १६ गते थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९ सय ६६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार शान्तिका लागि नागरिक समाजको सञ्जालमा सम्बद्ध नागरिक सङ्घसङगठनले उपचारका लागि आउने बिरामीहरू सर्वसुलभ स्वास्थ्य उपचारबाट वञ्चित हुनु परेकोमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले नीजि अस्पताल तथा क्लिनिकहरूमा महङ्गो शुल्कमा उपचार गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार पीसीआर परीक्षणको दोस्रो रिपोर्ट आउन ढिलाइ भएको भन्दै भैरव मावि नौमूलेका ८१ र राष्ट्रिय मावि भाङ्घारीमा राखिएका २० जनालाई जिल्ला विपद् व्यवस्थापन समितिको परिपत्रको आधारमा असार १५ गते छाडिएको नौमूले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले बताउनु भयो । भारतबाट आएलगत्तै गरेको पीसीआर परीक्षणमा पोजेटिभ देखिएका नागरिकहरूको दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट आउन ढिलाई भएको भन्दै २१ जना भागेर घर गएपछि आइसोलेशनमा बसिरहेका अरु ८० जनालाई पनि छाडिएको गाउँपालिका अध्यक्ष भदे बुढामगरले जानकारी दिनु भयो । कोरोना पोजेटिभ नागरिकहरूलाई आइसोलेशनमा बस्न आफूहरूले सम्झाई–बुझाई गरी ल्याएको तर गाउँपालिकाले आफू खुशी घर पठाइएको नेकपा नौमूलेका सचिव शशीराम विकले टिप्पणी गर्नु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…