कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १० गते)
कोरोना भाइरसको सङ्क्रमणबाट असार १० गतेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । कोरोना सङ्क्रमितमध्ये असार १० गते दिउँसोसम्म २ हजार ३ सय ३८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ हजार ३ सय ६६ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण २४ जनाको मृत्यु भएको छ ।
प्रदेश १
प्रदेश १ मा असार १० गते थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ सय ९६ जना पुगेको छ । प्रदेशमा असार १० गते दुई जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेशमा कूल डिस्चार्ज हुनेको सङ्ख्या २ सय ८५ पुगेको छ । प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणका लागि हालसम्म १९ करोड ८२ लाख रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
प्रदेश २
प्रदेश २ मा असार १० गते १ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार २ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषा प्रतिनिधि दीपेन्द्र प्रसाद सिंहका अनुसार जनकपुर प्रादेशिक अस्पतालको लापरबाहीले क्वारेन्टाइनमा रहेका हंसपुर नगरपालिका–७ प्रसाहीका १५ वर्षीय राजु सदाको मृत्यु भएको पीडित परिवारले जनकपुरमा असार १० गते आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ । ‘छोरालाई इमरजेन्सी वार्डमा भर्ना गरिएको भएपनि चेक जाँच गरिएन, औषधी दिएन र राति छोरा छटपटिएर बेडबाट भुइँमा लडेको बेला चिकित्सक र नर्सलाई गुहार्दा समेत कुनै चासो नदेखाएका कारण उसको मृत्यु भयो ।’–मृतकका बाबु असे सदाले भन्नु भयो । असार ८ गते जनकपुरको प्रादेशिक अस्पतालकै कोरोना विशेष अस्पतालबाट राजुलाई प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो । इमर्जेन्सी वार्डमा भर्ना गरिएको करिव १० घण्टापछि सदाको छटपटिएर मृत्यु भएको मृतक काका विरेन्द्र सदाले बताउनु भयो । भारतको अहमदावादबाट आठ दिन लगाएर पैदल यात्रा गर्दै जेठ ३ गते गाउँमा आएका राजुलाई १७ दिन हंसपुर नगरपालिकाको नौवाखोर प्रसाहीस्थित क्वारेण्टाइनमा राखिएको थियो । झाडा पखाला लागेर कमजोर भएका उनलाई कोरोना भाइरस लागेको आशङ्कामा जनकपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । १३ दिन जनकपुरस्थित कोरोना विशेष अस्पतालमा राखिएको राजुको रिपोर्ट निगेटिभ आएपछि असार ८ गते प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको लागि सिफ्ट गरिएको कोरोना अस्पताल धनुषाका संयोजक डा.जामुन सिंहले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।
बागमती प्रदेश
यस देशमा असार १० गते पाँचजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको धादिङ जिल्लाका दुई जना तथा काठमाडौँ, भक्तपुर र चितवन जिल्लामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ३४ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १० गते थप १३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७ सय ४२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार घिरिङ्ग गाँउपालिकाको चन्द्रज्योति माविको क्वारेण्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् । असार ४ गते भारतबाट गाउँ आइपुगेका घिरिङ्ग गाँउपालिका–३ गैराथोक निवासी ४९ वर्षीय पुरुषले असार ९ गते राति आत्महत्या गरेको प्रहरीले जनाएको छ । सुरुमा सरस्वती माविको क्वारेण्टाइनमा राखिएका उनलाई असार ५ गते बिहान क्वारेण्टाइनबाट भागेपछि सोही दिन बेलुका जङ्गलमा फेला पारी चन्द्रज्योति माविको क्वारेण्टाइनमा राखिएको थियो । असार ९ गते बेलुका उनलाई खाना पु¥याउन जाँदा ढोका नखोलेपछि झ्यालबाट हेर्दा सिलिङ्मा झुण्डिएको अवस्थामा फेला पारेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले जानकारी दिनुभयो । मृतकको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ ।
सुदूरपश्चिम प्रदेश
कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि बैतडी जिल्लाको दशरथचन्द नगरपालिकालाई असार १० गतेदेखि सात दिनका लागि सिल गरिएको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनु भयो । लकडाउन खुकुलो भएको अवस्थामा नगर क्षेत्रमा भीडभाड बढेर सङ्क्रमणको जोखिम बढ्दै गएकाले असार १६ गतेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरिएको नगरप्रमुख थापाको भनाइ छ । पाटन नगरपालिकाले पनि असार ८ देखि १५ गतेसम्मका लागि बजार क्षेत्र सिल गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…