कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ६ गते)
कोरोना भाइरसको सङ्क्रमणबाट असार ६ गतेसम्म ८ हजार ६ सय ५ जना सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ६ गते जारी स्थिति प्रतिवेदनमा मन्त्रालयले ७ हजार ५ जनाको उपचार भइरहेको, १ हजार ५ सय ७८ जना निको भएर डिस्चार्ज भएको र २२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
प्रदेश १
प्रदेश १ मा असार ६ गते थप ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ जना थप भएसँगै प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ सय ३३ पुगेको छ । प्रदेशमा कूल २ सय ३४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा असार ६ गते ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार महोत्तरीमा २४, सर्लाहीमा दुई, रौतहटमा पाँच र बारामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय २४ जना पुगेको छ । सङ्क्रमितमध्ये ८ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराज नगरपालिका–२ स्थित आइसोलेशन केन्द्रबाट डिस्चार्ज भएका व्यक्तिहरूलाई घर पठाउने सवारी साधनको व्यवस्था नहुँदा आइसोलेशन केन्द्रमै राखिएको छ । असार ६ गते डिस्चार्ज भएका १४ जनालाई घर पु¥याउने व्यवस्था नहँुदा आइसोलेशन केन्द्रमै राखिएको कोभिड–१९ व्यवस्थापन संयोजक एवम् गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनु भयो । घरपरिवारका सदस्य, स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले एक अर्कामाथि आशा गर्दा यस्तो अवस्था आएको उहाँको भनाइ छ । सवारी साधन उपलब्ध नभएपछि घर पठाइएका मानिसहरूलाई सङ्क्रमितहरू राखिने आइसोलेशन केन्द्रमा राख्नु ठीक नहुने डा. झाले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा असार ६ गते थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा हालसम्म २ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये ५६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी २ सय ३८ जना आइशोलेसनमा रहेको र चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार ६ गते थप ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ सय ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार लगातारको वर्षाले ग्रामीण सडक अवरूद्ध हुँदा घिरिङ गाउँपालिकाका कोरोना सङ्क्रमितलाई अस्पतालमा लैजान समस्या परेको छ । सङ्क्रमित सबैलाई शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा ल्याउने तयारी गरिएपनि लगातार परेको वर्षाका कारण सडक अवरूद्ध भएकाले यातायातका साधन सञ्चालन हुन नसक्दा पठाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनु भयो । वर्षायाममा हरेक वर्ष सडक अवरूद्ध हुँदा घिरिङ गाउँपालिकामा यातायातका साधन सञ्चालन हुन समस्या हुने गरेको अध्यक्ष थापाले बताउनुभयो ।
प्रदेश ५
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई जना चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार ६ गतेदेखि दुई दिन आकष्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । असार ५ गते डाक्टरसहितका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले असार ५ गते विज्ञप्तिमार्फत सेवा बन्द गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार पीसीआर परीक्षण भने सुचारू रहने छ ।
यसैगरी तुलसीपुर उपमनपा–८ अश्वारा माविमा राखिएका ५७ जनाले स्वाब लिएको १४ दिन बितिसक्दा पनि रिपोर्ट नआएको भन्दै असार ६ गते क्वारेण्टाइन बाहिर प्रदर्शन गरेका छन । जेठ १० गतेदेखि क्वारेण्टाइनमा बसेका ५७ जनाको जेठ २५ गते स्वाब सङ्कलन गरेपनि अहिलेसम्म रिपोर्ट नआएको भन्दै आन्दोलन गरेका थिए । वडाध्यक्ष बेदबहादुर केसी, प्रहरी र आन्दोलनरत पक्षबीच तीन दिन भित्र रिपोर्ट नआए होम क्वारेण्टाइनमा बस्ने गरी पठाउने सहमतिमा आन्दोलन रोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा हालसम्म १ हजार २ सय ७९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले मिडिया ब्रिफिङमा जानकारी गराउनु भयो । उहाँका अनुसार असार ६ गतेसम्म कर्णालीका विभिन्न आइसोलेशनबाट ५ सय २७ जना डिस्चार्ज भएका छन् भने कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…