कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
नेपालमा जेठ ५ गतेसम्म कोरना सङ्क्रमितको सङ्ख्या ३ सय ७५ जना पुगेको छ । हालसम्म ३ सय १६ जना पुरुष र ५९ जना महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ४३ जनामा कोरोना देखिएकामा १८ जना निको भएका छन् । प्रदेश २ मा १ सय ३३ जनामा कोरोना पुष्टि भएकामा चार जना निको भएका छन् । बागमती प्रदेशमा १९ जनामा कोरोना देखिएकामा एक जनाको मृत्यु भएको छ भने ११ जनाको उपचार भइरहेको छ । सात जना भने निको भइसकेका छन् । गण्डकी प्रदेशमा तीन जनामा कोरोना देखिएकामा दुई जना निको भइसकेका छन् । प्रदेश ५ मा १ सय ७१ जनामा कोरोना देखिएकामा एक जनाको मृत्यु भएको छ एक जना निको भएका छन् भने १ सय ६९ जना उपचाररत छन् । कर्णाली प्रदेशमा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । दैलेखका एक जना पुरुषमा कोरोना देखिएको हो । सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकामा सबै जना निको भएर घर फर्किएका छन् । गुल्मी जिल्ला मदाने गाउँपालिका–२ का ४१ वर्षीय पुरुषमा कोरोना देखिएपछि क्रिमसन अस्पताल, रुपन्देहीको भेण्टिलेटरमा राखेर उपचार गरिएको छ ।
प्रदेश १
प्रदेश १ मा जेठ ५ गतेसम्म ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा ३ हजार एक सय ६१ जनाको पीसीआर (पोलिमर चेञ्ज रियाक्सन) विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ४ सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ ।
कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा उपचाररत झापा दमक नगरपालिका–३ का ६२ वर्षीय वृद्ध डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई जेठ ५ गते डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताउनु भयो । कोरोना सङ्क्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर परीक्षण गरिने उहाँले बताउनु भयो । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि जेठ ५ गते मन्त्री घिमिरे धनकुटा जानु भएको थियो । धनकुटामा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले सङ्क्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबैलाई परीक्षण गर्न सम्भव छैन, सङ्क्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर शङ्कास्पदको परीक्षण गरिन्छ ।’ आवश्यक सामानको अभाव र महँगीले सबै मानिसको परीक्षण गर्न नसकिने उहाँले बताउनु भयो । कोरोना परीक्षण जहाँतहाँ गर्न नसकिने भएकाले समस्या भएको मन्त्री घिमिरेले बताउनु भयो ।
प्रदेश २
यस प्रदेशमा जेठ ५ गतेसम्म १ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ मा जेठ ५ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ५ हजार ५ सय ८५ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा ४ हजार १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले बताउनु भयो । १ हजार ४ सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, जेठ ५ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ५ सय ८९ जनाको गरिएकोमा ५ हजार ५ सय ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ५ हजार ६ सय ९७ बेड क्षमताको १ सय ८८ ओटा क्वारेन्टाइनमा ३ हजार ३ सय ६२ जना व्यक्तिलाई राखिएको डा. घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ४ हजार ८ सय ७३ जना व्यक्तिहरू होमक्वारेन्टाइनमा रहेका छन् भने ४ सय ३२ बेड क्षमताको आइसोलेशनमा १ सय १६ जना उपचारार्थ छन् ।
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा हुँदै आएको कोरोना भाइरस (कोडिभ–१९) को परीक्षण कार्य जेठ ४ गतेदेखि बन्द गरिएको छ । जनकपुरको पीसीआर मेसिनले गरेको परीक्षण र राष्ट्रिय प्रयोगशाला टेकुमा भएको एउटै नमुनाको परीक्षणमा फरक परेकोले पीसीआर मेसिन बिग्रेको भन्दै जनकपुरमा दोस्रो पटक बन्द गरिएको छ । यसअघि पहिलो मेसिन पनि राष्ट्रिय प्रयोगशालाले पठाएको पीसीआर मेसिनले भरपर्दो नतिजा दिन नसकेको भन्दै बन्द गरिएको थियो । गत २४ वैशाखमा सङ्कलित पत्रकारहरूको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पतालस्थित पीसीआर मेसिनले नेगेटिभ रिपोर्ट दिएको थियो । तर, राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गर्दा एकजना पत्रकारसहित दुईजनामा पोजेटिभ देखिएपछि पीसीआर मेसिन बन्द गरिएको प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले बताउनु भयो ।
बागमती प्रदेश
कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको नाबालक शिशुसहितको चार जना परिवार जेठ ५ गते धुलिखेल अस्पतालबाट घर फर्केको जिल्ला प्रहरी कार्यालयका एसपी प्रज्वल महर्जनले बताउनु भयो । सुत्केरी महिलाको जेठ २ गते राति मृत्यु भएपछि उनीसँगै धुलिखेल अस्पताल पुगेका नौ दिनको शिशु, पति, सासू र नन्दलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरूको स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले डिस्चार्ज गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ शङ्खधर चोक क्षेत्रमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब परीक्षणको लागि जेठ ५ गते सङ्कलन गरिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ५ गतेसम्म १ हजार ८४ जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार ६७ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । १४ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशमा हालसम्म तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा जेठ ५ गतेसम्म ६ हजार ९ सय ४८ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्को जेठ ४ गतेको बैठकले बजेट अधिवेशन जेठ ११ गतेदेखि गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशका सबै जिल्ला अस्पतालहरूलाई एक÷एक ओटा गाडी खरिदका लागि बजेट उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश ५ मा जेठ ५ गतेसम्म ९ हजार १ सय ३२ जनाको आरडीटी परीक्षण गरिएको छ । १२ हजार ८ सय १५ जना क्वारेण्टाइनमा रहेका छन् । भने १ सय ७० जना आइसोलेशनमा रहेका छन् । प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या १ सय ७१ पुगेको छ । जसमध्ये एक जना निको भएका छन् भने बाँकेमा एक जनाको जेठ ४ गते मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना सङ्क्रमण फैलिई उच्च जोखिम बढेको भन्दै १५ दिन जिल्लालाई ‘सिल’ गरेको छ । वैशाख २९ गते देखि जेठ ५ गतेसम्मका लागि जिल्लालाई सिल गरिएकोमा १५ दिन थपेर जेठ २० गतेसम्म सोको निरन्तरता दिएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरापालिका–६ स्थित मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । गुल्मी जिल्ला मदाने गाउँपालिका–२ का उनी जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए । उनको उपचार अस्पतालको भेण्टिलेटरमा राखेर गरिएको छ । गुल्मीको मदाने गाउँपालिकाले अनिश्चितकालका लागि गाउँपालिका सिल गरेको जनाएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पहिलो पटक कोरोना सङ्क्रमणको पुष्टि भएको छ । दैलेखका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । कालीकोट जिल्लामा भारतबाट सरकारले उद्धार गरिएका २६ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि जेठ ५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । रुकुम (पश्चिम)का ६ ओटै स्थानीय तहले भारत तथा जिल्ला बाहिरबाट आएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी जेठ ३ गते सुर्खेत पठाइएकोमा जेठ ४ गते सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जाजरकोटको लकडाउनका कारण खानपिनमा समस्या परेका नलगाड नगरपालिका–८ को पञ्चभयार माविका १ सय जना बाल अभियानी र आठ जना सुत्केरी तथा भेरी नगरपालिका–९ भुरका दिपेन्द्र मावि, शिवशक्ति र सूर्यज्योति आधारभूत विद्यालयका १ सय जना बाल अभियानीलाई बहुआयामिक विकास तथा अध्ययन मञ्च, जाजरकोटले वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा जेठ ४ गते खाद्य सामग्री वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भारतको झुलाघाटस्थित जिआइसी क्वारेण्टाइनमा किरिया बसिरहेका नेपाली किरीयापुत्रीहरूको उद्धारका लागि नेपाल सरकारको आदेश आइसकेको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेकाले तत्काल उद्धार गर्न नसकिएको बताउनु भयो ।
अछाम जिल्लामा आरडिटी किट अभावका कारण केही दिन रोकिएको परीक्षण जेठ ४ गते पुनः सुचारु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी जोशीले बताउनु भयो । साथै, तुर्माखाँद गाउँपालिकाले अत्यावश्यक कामका लागि पनि एक वडाबाट अर्को वडामा जान सिफारिस लिनुपर्ने व्यवस्था गरेको र खाद्य तथा निर्माण सामग्री ल्याएर गाउँपालिका प्रवेश गर्ने सवारी चालक र सहचालकलाई सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले भारतमा रहेका नेपालीहरू स्वदेश फर्किन थालेपछि उनीहरूको व्यवस्थापनका लागि ४ सय जना क्षमताको क्वारेण्टाइन स्थापना गर्ने निर्णय गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…