कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३ गते)

कोरोना भाइरस सङ्क्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा २९ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जेठ ३ गते साँझ एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो । वैशाख २३ गते त्रिविवि शिक्षण अस्पतालमा सामान्य सुत्केरी भएर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको जेठ २ गते निधन भएको हो ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ सय ८१ पुगेको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सिरहामा भने पहिलो पटक सङ्क्रमित भेटिएको हो । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छैन । प्रदेश २ का आठ ओटै जिल्लामा कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

प्रदेश १

प्रदेश १ मा जेठ ३ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ३ हजार ११ जनाको स्वाब सङ्कलन गरिएको छ । ८ सय ८९ जना महिला र २ हजार १ सय १२ जना पुरुष गरी ३ हजार ११ जनाको स्वाब सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वाव सङ्कलन गरिएका मध्ये प्रदेश १ मा ३६ जनाको पोजेटिभ देखिएको छ । ७ सय ८२ जना महिला र १ हजार ९ सय ३८ जना पुरुष गरी २ हजार ७ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आरडीटी विधिबाट ९ हजार १ सय ८६ जनाको परीक्षण गरिएको छ । आरडीटी गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी गरिएका १ हजार ७ सय ९४ जना महिला र ७ हजार ३ सय ६७ जना पुरुष गरी ९ हजार १ सय ६१ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ५ हजार ९ सय ७३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जेठ ३ गते १ सय ८८ बेड थप गरिएको छ । क्वारेन्टाइनमा १ सय ७० जना महिला र ५ सय ३५ जना पुरुष गरी ७ सय ५ जना रहेका छन् । होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या ८ हजार २ सय ५२ जना रहेको छ । होमक्वारेन्टाइनमा १ हजार ६ सय २८ जना महिला र ६ हजार ६ सय २४ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा जेठ ३ गते ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुरुप सिरहा जिल्ला सखुवानन्कारकट्टी गाउँपालिकाका ३० वर्षीय पुरुष, पर्साको बीरगञ्ज महानगरपालिकाका–१२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही जिल्ला रामनगर गाउँपालिका–४ का १८ वर्षीया महिला र धनुषा जिल्लाका २० र ६५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश २ मा जेठ ३ गते ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुरुप सिरहा जिल्ला सखुवानन्कारकट्टी गाउँपालिका–१ का ३० वर्षीय पुरुष, पर्साको बीरगंज महानगरपालिकाका–१२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ का १८ वर्षीया महिला र

प्रदेश २ मा जेठ ३ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ५ हजार २ सय ३१ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा ३ हजार ६ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. नवल किशोर झाले बताउनु भयो । १ हजार ४ सय ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, जेठ ३ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ५ सय ३० जनाको गरिएकोमा ५ हजार ५ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार ५ सय ७६ बेड क्षमताको १ सय ८३ ओटा क्वारेन्टाइनमा २ हजार ३ सय ८२ जना व्यक्तिलाई राखिएको डा. झाले बताउनु भयो । उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ४ हजार ७ सय ६८ जना व्यक्तिहरू होमक्वारेन्टाइनमा रहेका छन् भने ३ सय ९८ बेड क्षमताको आइसोलेशनमा १ सय ६ जना उपचारार्थ छन् ।

बागमती प्रदेश

ललितपुरको कोञ्ज्योसोम र महाँकाल गाउँपालिका तथा ललितपुर महानगरपालिकामा जेठ ३ गते दुई/दुई जनामा आरडीटी परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ । उनीहरूको स्वाब सङ्कलन गरी टेकु अस्पताल पठाइएको छ । कोभिड–१९को शङ्कामा पाटन अस्पतालमा जेठ ३ गते १६ जनालाई भर्ना गरी आइसोलेशन वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोभिड–१९को पुष्टि भएका चार जनालाई समेत भर्ना गरी आइसियूमा राखेर उपचार भइरहेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीमा आरडीटी गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । जेठ २ गते टेकु अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिनुभयो । पोजेटिभ देखिएकामध्ये १६ जना पुरुष र १५ जना महिला छन् । जसमा सवारी चालकहरू समेत छन् । भक्तपुरको च्यामासिंहमा आरडीटी परीक्षणको नतिजामा ५२ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ३ गतेसम्म ७ सय ८८ जनाको स्वाब परीक्षण गरिएको छ भने ७ सय ६४ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । २२ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ३ गते सम्म कुल ६ हजार ९ सय ३२ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

कोरोना कोभिड–१९ को सङ्क्रमण भित्रन नदिन गोरखामा उच्च सतर्कता अपनाइएको छ । सिमा नाका सिल गरिएको छ । कोही गोरखा भित्रिए सिधै क्वारेण्टाइन पठाइएको छ । आफन्त भेटघाट, काम विशेष तथा घर फर्कनेहरुलाई समेत गोरखा प्रवेश गरे क्वारेन्टाइनमा पठाइएको छ । लमजुङ जिल्लामा जेठ ३ गतेदेखि जेठ ५ गतेसम्म पुरै सिल गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनु भयो ।

प्रदेश ५

हालसम्म बाँके जिल्लामा ३३ जना, कपिलवस्तु जिल्लामा ४३ जना, रुपन्देही जिल्लामा २७ जना, नवलपरासी पश्चिममा एक जना, बर्दिया जिल्लामा दुई जना र दाङ जिल्लामा तीन जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

भारतको विभिन्न स्थानमा रोजगारीको सिलसिलामा गएकाहरू कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै सीमा क्षेत्रको चोर बाटो हुँदै नेपाल आएकामा कोरोना देखिएपछि कपिलवस्तुमा त्रास पैmलिएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण भएको भन्दै जेठ ३ गते लालपुर गाउँ सिल गरिएको छ । लालपुर गाउँसंग जोडिएका सबै नाका सिल गरेको छ । स्वाथ्य मन्त्रालयले जेठ ३ गते जारी गरेको बर्दिया नारखु– ११ की २८ वर्षिय महिलामा कोभिड १९ पुष्टि गरेकोमा सो रिपोर्ट अनुसार सो व्यक्तिको खोजी गर्दा गुलरिया ११ लालपुरको भएको आशंकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनु भयो ।

कर्णाली प्रदेश

जिल्ला प्रशासन कार्यालय, कालीकोटले देशका विभिन्न स्थानमा कोरोना भाइरसका सङ्क्रमितहरू बढ्दै गएकाले लकडाउनलाई कडाइका साथ पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पश्चिम)ले किट अभावका कारण रोकिएको कोरोना परीक्षणका लागि आफै भीटिएम खरिद गरी जेठ २ गतेदेखि स्वाब सङ्कलन थालिएको छ ।

लकडाउनका कारण नेपाल–भारत सीमा रुपैडिहामा ४५ दिनदेखि अलपत्र परेका जुम्ला जिल्लाका २८ जना नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङमा जिल्ला ल्याउने काम भइरहेको छ । त्यसैगरी, जाजरकोट जिल्लाका १४ जना नागरिकलाई रुपैडिहा नाकाबाट जेठ ३ गते जाजरकोट ल्याई भेरी नगरपालिकाले निर्माण गरेको खलङ्गास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएको डिएसपी किशोरकुमार श्रेष्ठले बताउनु भयो । हुम्ला जिल्लाको सिमकोट गाउँपालिकास्थित क्वारेण्टाइनमा राखिएका सबै नागरिकलाई १४ दिनको क्वारेन्टाइनपछि आरडिटी परीक्षण गरी जेठ २ र ३ गते घर पठाइएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका १५ ओटा अस्पतालमा कोरोना आशङ्कामा आइसोलेशनमा राखिएका १ सय ४६ जनालाई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार जिल्ला अस्पताल बझाङमा तीन जना, डडेल्धुरा र बैतडी अस्पतालमा एक/एक जना गरी पाँच जनालाई आइसोलेशनमा राखी उपचार भइरहेकोे छ । कैलाली जिल्लाको सीमावर्ती भारतीय बजार पलियास्थित क्वारेन्टाइनमा रहेका ३ सय ८१ जना नेपाली नागरिकको जेठ २ गते गौरीफन्टा नाकाबाट उद्धार गरी धनगढीस्थित क्वारेन्टाइनमा राखिएको र सम्बन्धित स्थानीय तहमा पठाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी जोशीले बताउनु भयो ।

डोटी जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण बढ्न सक्ने जोखिम भएकाले यसअघि दिएका सबै प्रकारका पासहरू रद्ध गरिएको छ ।

अछाम जिल्लाको १० ओटै स्थानीय तहका प्रमुख र सुदूरपश्चिम प्रदेश सभाका सदस्यसँग जेठ ३ गते भिडियो कन्फरेन्स बैठकमा पीसीआर परीक्षणको दायरा बढाउन र लकडाउनका कारण रोजगारी गुमाएका, बेरोजगार व्यक्तिलाई रोजगारी दिने खालका नीति प्रदेश सरकारले ल्याउन माग गरिएको मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताउनु भयो । वैशाख १८ गते भारतीय सीमा नाका झुलाघाट र धार्चुलाबाट बैतडी जिल्ला फर्किएका १ हजार ३ सय ६५ जनामध्ये १ हजार १ सय १७ जना १४ दिन क्वारेन्टाइनपछि आरडिटी परीक्षण गरी घर फर्केका छन् भने बाँकी २ सय ४८ जनाको किट अभावले आरडिटी परीक्षण हुन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनु भयो ।


अनलाइन डेस्क