कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ११ गते)
असोज ११ गते १ हजार ५ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७३ हजार ३ सय ९४ पुगेको छ । जसमध्ये १९ हजार ७ सय ९४ जना महिला रहेका छन् । गत २४ घण्टामा १० हजार १ सय २३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ११ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ७७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५३ हजार ८ सय ९८ जना निको भएका छन् । असोज ११ गते ८ सय ८५ जना जना निको भएका छन् भने निको दर ७३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १९ हजार १९ जनाको उपचार भइरहेको छ ।
वल्डोमिटरका अनुसार विश्वभर ३ करोड ३१ लाख मानिसमा कोरोना सङ्क्रमण देखिएकामा २ करोड ५० लाख जति मानिस निको भइसकेका छन् । झण्डै १० लाख मानिसको मृत्यु भएको पनि वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म कोरोना भाइरसले सबैभन्दा बढी अमेरिकामा प्रभाव परेको तथ्याङ्क छ । तथ्याङ्क अनुसार ७२ लाख अमेरिकनमा कोरोना पुष्टि भएकामा २ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । वल्डोमिटरका अनुसार कोरोना प्रभावित मुलुकहरूमा नेपाल ४८ औँ स्थानमा रहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा रिएजेण्ट सकिएपछि आइसोलेशनमा बसेका बाहेकका व्यक्तिको पीसीआर परीक्षण रोकिएको छ । दैनिक ३ सय पीसीआर परीक्षण हुँदै आएको प्रयोगशालामा हाल रिएजेण्ट किट १ सय पनि बाँकी नरहेकाले आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित बाहेक अन्यको परीक्षण गर्न अस्पतालले असमर्थता जनाएको छ । परीक्षणलाई पूर्ववत सुचारु गर्न प्रादेशिक अस्पताल जनकपुरधामको प्रयोगशालासँग १ हजार रिएजेण्ट माग गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाले बताउनु भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश सरकार, जनस्वास्थ्य प्रयोगशाला लगायतमा रिएजेण्ट खोज्ने काम भइरहेको डाक्टर झाले बताउनु भयो । ल्याबमा चाहिने आरएनए एब्सट्रयाक्सन किट र पीसीआर रिएजेण्ट मध्ये रिएजेण्ट अभाव भएको हो । राजविराजस्थित प्रयोगशालाले स्वाब लिन नमान्दा परीक्षणका लागि सङ्कलित स्वाबहरू जनकपुर, धरान र विराटनगर पठाउन समस्या हुने गरेको जनाउँदै स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले सोही कारण स्वाब सङ्कलन कार्य स्थगित गर्नु परेको बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँमा ६ सय ३५, ललितपुरमा १ सय ४, चितवन ८३, भक्तपुरमा ७ ३, मकवानपुरमा २०, सिन्धुली १५, रामेछाप चार, सिन्धुपाल्चोक र नुवाकोटमा तीन/तीन, सिन्धुलीमा दुई तथा धादिङ, काभ्रेपलान्चोक, रसुवा र दोलखामा एकएक जना गरी यस प्रदेशमा असोज ११ गते ९ सय ३१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २६ हजार ५ सय ७२ जना पुगेको छ । जसमध्ये १५ हजार २ सय ३ जना उपचारपछि घर फर्किएका छन् भने ११ हजार १ सय ७५ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । आज एक महिला सहित थप पाँच जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ७९ जना पुगेको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार भानु नपा–२ नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन माविसँगै घर भएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि असोज १२ गतेदेखि सञ्चालनको तयारी गरिएको सो विद्यालय अनिश्चितकालको लागि बन्द गरिएको छ । असोज १२ गतेबाट शिक्षण सिकाइ प्रक्रिया सुरू गर्ने तयारी गरिएकोमा विद्यालय नजिकै घर भएका व्यक्तिमा असोज ११ गते कोरोना पुष्टि भएपछि सिकाइ प्रक्रिया अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको विद्यालयका प्रधानाध्यापक होमनारयण श्रेष्ठले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सील गरिएको छ । नगरपालिकाकी उपप्रमुख जानकी ऐर (बम)को अध्यक्षतामा असोज ११ गते बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सील गर्ने निर्णय गरेको हो । बैठकले असोज ११ गतेदेखि नै स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी संस्था, व्यापार, व्यवसाय, यातायात सेवा र विद्यालय अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासीय अधिकृत हरिबहादुर चन्दले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…