कोरोना नियन्त्रणका लागि कारागारबाट तीन जना कैदी रिहा
कोरोना भाइरस (कोभिड¬ १९) को सम्भावित महामारीलाई रोक्न सरकारले गम्भीर प्रकृतिको मुद्दा नलागेको कैदीहरूलाई रिहा गर्ने निर्णय गरेअनुसार जिल्ला कारागारबाट तीन जना कैदी रिहा भएका छन् ।
सरकारी कागज किर्ते मुद्दामा फुङलिङ नगरपालिका– २ का ३० वर्षीया दुर्गा लिम्बू चैत २३ गते रिहाई भएसँगै जिल्ला कारागाराबाट रिहा हुनेको सङ्ख्या तीन पुगेको जेलर सुरेन्द्र मुखियाले बताउनुभयो । यस अघि कारागारबाट बाल यौन दुव्र्यवहार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका हिलिहाङ गाउँपालिका –१ का १८ वर्षीय लक्षु भनीने लक्ष्मी बस्नेत र सवारी ज्यान मुद्दामा कैद सजाय भुक्तान गरीरहेका फिदिम नगरपालिका–३ का २८ वर्षीय डिकबहादुर मुखिया चैत १४ गते रिहा भएका हुन् ।
यौन दुव्र्यवहार मुद्दामा जिल्ला अदालतको आदेश अनुसार भदौ २८ गते २५ हजार धरौटी बुझाई तारिखमा छुटेका बस्नेत विरुद्ध सोही अदालतले पुष कसुर ठहर गर्दै ६ महिना कैद, १५ हजार क्षतिपूर्ति र १० हजार जरिवाना हुने फैसला गरेपनि उनी कैद भूक्तानका लािग कारागारमा रहेका थिए । यसैगरी, फिदिम नगरपालिक–१ का ७२ वर्षीय डिल्लीप्रसाद अर्याललाई ०७६ पुस २५ गते सवारी साधनले ठक्कर दिएको आरोपमा मुखियालाई प्रहरीले माघ २ गते गिरफ्तार गरेको थियो । पीडितको उपचारका क्रममा माघ १ गते मोरङको विराटनगर स्थित नावेल मेडिकल अस्पतालमा मृत्यू भएको थियो । आरोपित माघ २३ गतेदेखि पूर्पक्षमा रहेक थिए । सोही अदालतले फागुन ३० गते ६ महिना कैद र २ हजार जरिवाना हुने गरी गरेको फैसला अनुसार कसुरदार कारागारमा रहेका थिए ।
ङ श्रेणीको २५ जना राख्न सकिने जिल्ला कारागारमा हाल कारागारको क्षमता भन्दा छ गुणा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या आएको जेलर मुखियाले बताउनुभयो । कोरोना भाइरसवाट बच्न सामाजिक दुरी कायम गर्नु पर्ने भए पनि कारागारको भौतिक संरचनाको क्षेत्रफलले सो व्यवस्था कायम गर्न कठिनाई भएको जेलर मुखियाको भनाइ छ ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…