कोभिड-१९: यो साता ११ हजारको परीक्षण, सक्रिय सङ्क्रमित २ हजार ३ सय !

  ०७९ भदौ २७ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ २० गतेदेखि भदौ २६ गतेसम्मको अवधिमा ११ हजार ४ सय ७० ओटा स्वाब पिसिआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ८ सय ७५ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

यो साता सात जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । यो साता १ हजार ४० जना सङ्क्रमित निको भएका छन् ।

एक सातामा १६ हजार ४२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये ५ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । भदौ २६ गते २ हजार ३ सय १६ जनामा कोभिड सङ्क्रमण सक्रिय रहेको पनि मन्त्रालयले जनाएको छ ।

Covid_update_2079_05_27_weekly


अनलाइन डेस्क