कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर ४० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन ४४ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ५३ हजार ८ सय ३८ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १२ हजार ५ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २८ हजार २ सय ५९ जना सङ्क्रमित निको भए भने २ सय ७९ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ८ गतेदेखि असार १४ गतेसम्मको अवधिमा झापामा ३ सय ९९ जना पुरूष र ३ सय ३५ जना महिला गरी ७ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३ सय ९५ जना पुरूष र ३ सय ९४ जना महिला गरी ७ सय ८९ जना, मोरङमा ४ सय ४७ जना पुरूष र ३ सय ३९ जना महिला गरी ७ सय ६ जना, पाँचथरमा १९ जना पुरूष र १७ जना महिला गरी ३६ जना, सङ्खुवासभामा १६ जना पुरूष र आठ जना महिला गरी २४ जना, उदयपुरमा ३२ जना पुरूष र २५ जना महिला गरी ५७ जना, भोजपुरमा तीन जना पुरूष र ६ जना महिला गरी नौ जना, धनकुटामा २९ जना पुरूष र २५ जना महिला गरी ५४ जना, इलाममा आठ जना पुरूष र १० जना महिला गरी १८ जना, खोटाङमा १३ जना पुरूष र ६ जना महिला गरी १९ जना, ओखलढुङ्गामा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, सोलुखुम्बमा चार जना पुरूष र ६ जना महिला गरी १० जना, ताप्लेजुङमा सात जना पुरूष र तीन जना महिला गरी १० जना र तेहृथुममा पाँच जना पुरूष र एक जना महिला गरी ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ हजार ४ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार ८ गतेबाट असार १४ गतेसम्म थप ३ हजार ५ सय ८४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार ९ सय २३ जना पुरुष र १ हजार ६ सय ६१ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ५१ हजार ५ सय ७७ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार १४ गतेको तथ्याङक अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ४ हजार ८८ जना होम आइसोलेशनमा रहेका छन् भने २ सय ९० जना संस्थागत आइसोलेशन, ६६ जना आइसीयू र १३ जना भेन्टिलेटरमा रहेका छन् । हाल कास्की, बागलुङ र नवलपरासी पूर्व मा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ, गोरखा, पर्वत, तनहुँ र म्याग्दीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असार १४ गतेको तथ्याङ्क अनुसार गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले ६ जनाको मृत्यु भएको छ । यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले ९ सय ४० जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता पुरुष ४ सय ४ र महिला २ सय ७८ गरी जम्मा ६ सय ८२ जना सङ्क्रमित भएका छन् । गत साता यो सङख्या ६ हजार ६७ रहेको थियो । यस साता सबैभन्दाबढी रुपन्देही जिल्लामा १ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबै भन्दा कम प्यूठान जिल्लामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँके, कपिलवस्तुलगायतका जिल्लामा निषेध आदेशलाई पहिलाको तुलनामा खुकुलो गरी असार २५ गतेसम्मका लागि थप गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार असार १३ गतेसम्म कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ४ पुगेको छ । जम्मा ९६ हजार ५ सय सङ्क्रमित मध्ये ७८ हजार ६५ जना निको भएका छन् । प्रदेशमा १ हजार २ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ असार ८ गतेदेखि २०७८ असार १४ गतेसम्म ६६ जना महिला सहित १ सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असार १४ गते मात्रै सुदूरपश्चिमका अछाम जिल्लामा एक जना महिला सहित चार जना , डडेल्धुरामा एक महिला सहित दुई जना, कैलालीमा दुई जना पुरुष र कञ्चनपुरमा चार जना पुरुष गरी १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ५ सय ७० जनाको मृत्यु भएको भएपनि अघिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा कोभिड सङ्क्रमणका कारण मृत्यु नभएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । असार १४ गतेसम्म आइसियुमा आठ जना, भेन्टीलेटरमा चार जना, कोभिड वार्डमा चार जनाको उपचार भइरहेको र अघिल्लो २४ घण्टामा १२ जना निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म यस प्रदेशमा ४३ हजार ५ सय ७४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…