कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता ३१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये १२ प्रतिशत १९ वर्ष मुनिका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन सरदर ६८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन ८६ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ६९ हजार ९९ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १९ हजार २८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ३८ हजार २ सय ९२ जना सङ्क्रमित निको भए भने ४ सय ७५ जनाको मृत्यु भएको मन्त्रालयले जनायो । गत साता मृत्यु हुनेको सङ्ख्या ६ सय ४ थियो ।
एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु | ||||||||
विवरण | ३१ गते | ३० गते | २९ गते | २८ गते | २७ गते | २६ गते | २५ गते | जम्मा |
परीक्षण | ९४३८ | ७५१७ | ८५०६ | ९५९८ | ९९०१ | १२०७४ | १२०६५ | ६९०९९ |
सङ्क्रमित | २०४९ | १६९४ | २३८२ | २७०९ | २८७५ | ३४४९ | ३८७० | १९०२८ |
काठमाडौँ उपत्यकाका सङ्क्रमित | ६०७ | ६५३ | ५९८ | ११४० | ७६४ | ९१५ | १२२६ | ५९०३ |
१९ वर्ष मुनिकालाई सङ्क्रमण | २७२ | २१९ | ३१३ | २९२ | ३६६ | ४०३ | ४४३ | २३०८ |
निको भएका | ५१४७ | ३९९४ | ६२९५ | ५२२५ | ५२९३ | ५७६८ | ६५७० | ३८२९२ |
मृत्यु | ५३ | ४६ | ६१ | ६७ | ५९ | ८१ | १०८ | ४७५ |
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्मको अवधिमा झापामा ६ सय २९ जना पुरूष र ५ सय ४५ जना महिला गरी १ हजार १ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ४ सय ५० जना पुरूष र ४ सय ४१ जना महिला गरी ८ सय ९१ जना, मोरङमा ४ सय ९९ जना पुरूष र ३ सय ८८ जना महिला गरी ८ सय ८७ जना, पाँचथरमा ५१ जना पुरूष र ४१ जना महिला गरी ९२ जना, सङ्खुवासभामा ४५ जना पुरूष र २८ जना महिला गरी ७३ जना, उदयपुरमा ७० जना पुरूष र ४३ जना महिला गरी १ सय १३ जना, भोजपुरमा १५ जना पुरूष र सात जना महिला गरी २२ जना, धनकुटामा ३० जना पुरूष र २१ जना महिला गरी ५१ जना, इलाममा १६ जना पुरूष र १४ जना महिला गरी ३० जना, खोटाङमा ६३ जना पुरूष र ४१ जना महिला गरी १ सय ४ जना, ओखलढुङ्गामा १२ जना पुरूष र सात जना महिला गरी १९ जना, सोलुखुम्बमा १९ जना पुरूष र आठ जना महिला गरी २७ जना, ताप्लेजुङमा पाँच जना पुरूष र दुई जना महिला गरी सात जना र तेहृथुममा १० जना पुरूष र नौ जना महिला गरी १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ३ हजार ५ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ २५ गतेबाट जेठ ३१ गतेसम्म थप २ हजार २ सय २१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार १ सय ८८ जना पुरुष र १ हजार ४३ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ४५ हजार ४ सय ५७ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ ३१ गतेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये ६ हजार १ सय ७ जना होम आइसोलेशनमा रहेका छन् भने ४ सय ४५ जना संस्थागत आइसोलेशनमा, चार जना आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् । कोभिड–१९ सङ्क्रमण बढेसँगै प्रदेशमा मनाङ बाहेक १० ओटा जिल्लामा आंशिक र पूर्ण रुपमा निषेध आदेश जारी रहेको छ । हाल कास्की, गोरखा, तनहुँ र नवलपरासी पूर्वमा ५ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ, स्याङजा, पर्वत र म्याग्दीमा २ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमणले ८ सय ५० जनाको मृत्यु भएको छ । यो साता प्रदेशका विभिन्न स्थानीय तहहरूमा जेठ २५ गतेबाट ६२ वर्षदेखि ६५ वर्षसम्मका नागरिकलाई कोभिड–१९ विरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा २६ हजार ७ सय ९९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म २२ हजार १ सय ९५ जना कोभिड मुक्त भएका छन् । हाल आइसोलेशनमा ३ हजार ८९ जना रहेका छन् भने प्रदेशभर मृत्यु हुनेको सङ्ख्या २ सय ९१ रहेको छ । यो साता १ हजार ४ सय ५५ नयाँ सङ्क्रमित थपिएका छन । यो साता २७ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…