कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ३१ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता ३४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये १२ प्रतिशत १९ वर्ष मुनिका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन सरदर ८६ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन १ सय २२ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ९७ हजार ६ सय ४० ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । गत साता १ लाख २१ हजार १ सय १० ओटा स्वाब परीक्षण गरिएको थियो । यो साता ३० हजार १ सय ९२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ५० हजार ५ सय १४ जना सङ्क्रमित निको भए भने ६ सय ४ जनाको मृत्यु भएको मन्त्रालयले जनायो । गत साता मृत्यु हुनेको सङ्ख्या ८ हजार ५५ थियो ।
एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु | ||||||||
विवरण | २४ गते | २३ गते | २२ गते | २१ गते | २० गते | १९ गते | १८ गते | जम्मा |
परीक्षण | १२००२ | १०४७१ | ११४७१ | १४१८२ | १८५६२ | १३८०५ | १७१४७ | ९७६४० |
सङ्क्रमित | ३३७० | ३०२४ | ३५४० | ४६२४ | ५८२५ | ४५२४ | ५२८५ | ३०१९२ |
काठमाडौँ उपत्यकाका सङ्क्रमित | १११५ | ११३१ | ९३७ | १३८४ | २०५७ | १४५६ | १५५८ | |
१९ वर्ष मुनिकालाई सङ्क्रमण | ४३६ | ३४८ | ४७० | ५८० | ६६२ | ४९६ | ६३० | ३६२२ |
निको भएका | ६९५१ | ६६३६ | ८२४३ | ८६६३ | ५९०४ | ७२१९ | ६८९८ | ५०५१४ |
मृत्यु | ९२ | ९९ | ६८ | १०१ | ७५ | १०१ | ६८ | ६०४ |
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ जेठ १७ गतेदेखि जेठ २४ गतेसम्मको अवधिमा झापामा ८ सय १२ जना पुरूष र ५ सय ९० जना महिला गरी १ हजार ४ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ६ सय ५३ जना पुरूष र ५ सय १९ जना महिला गरी १ हजार १ सय ७२ जना, मोरङमा १ हजार ९२ जना पुरूष र ८ सय ५० जना महिला गरी १ हजार ९ सय ४२ जना, पाँचथरमा ५० जना पुरूष र ३० जना महिला गरी ८० जना, सङ्खुवासभामा ४९ जना पुरूष र ४७ जना महिला गरी ९६ जना, उदयपुरमा ५० जना पुरूष र ३९ जना महिला गरी ८९ जना, भोजपुरमा १३ जना पुरूष र ८ जना महिला गरी २१ जना, धनकुटामा ४१ जना पुरूष र ४३ जना महिला गरी ८४ जना, इलाममा ३२ जना पुरूष र ३२ जना महिला गरी ६४ जना, खोटाङमा ७९ जना पुरूष र ४१ जना महिला गरी १ सय २० जना, ओखलढुङ्गामा १ सय १४ जना पुरूष र १ सय जना महिला गरी २ सय १४ जना, सोलुखुम्बमा १४ जना पुरूष र १४ जना महिला गरी २८ जना, ताप्लेजुङमा ६ जना पुरूष र एक जना महिला गरी सात जना र तेहृथुममा ४१ जना पुरूष र ४२ जना महिला गरी ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ५ हजार ४ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ १८ गतेबाट जेठ २४ गतेसम्म थप ३ हजार ५ सय ६९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार ९ सय ८९ जना पुरुष र १ हजार ५ सय ८० जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ४३ हजार २ सय २६ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ २४ गतेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ७ हजार ५३ जना होम आइसोलेशनमा रहेका छन् भने १ हजार ४ सय ६१ जना संस्थागत आइसोलेशन, १ सय २८ जना आइसीयू र ३६ जना भेन्टिलेटरमा रहेका छन् । कोभिड–१९ सङ्क्रमण बढेसगै प्रदेशमा मनाङ बाहेक १० ओटा जिल्लामा आंशिक र पूर्ण रुपमा निषेध आदेश जारी रहेको छ । हाल कास्की, गोरखा, तनहुँ, स्याङजा, नवलपरासी पूर्व र लमजुङमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने पर्वत र म्याग्दीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको जेठ २४ गतेको तथ्याङ्क अनुसार गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले १७ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले ७ सय ७८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि समुदायस्तरमा कोभिड परीक्षण तथा व्यवस्थापनका लागी प्रदेशका विभिन्न जिल्लामा टोली परिचालन गरेको छ । सो टोलीले एण्टिजेन परीक्षणमार्फत कोभिड परीक्षण गर्ने गरेको छ ।
लुम्बिनी प्रदेश
कोभिड सङ्क्रमणका कारण प्रदेशका जिल्लाहरूमा जारी गरिएको निषेध आदेश जेठ ३१ गतेसम्म थप गरिएको छ । लुम्बिनी प्रदेशमा यस साता महिला १ हजार १ सय ९० जना र पुरुष १ हजार ५ सय ८० जना गरी २ हजार ७ सय ७० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता भन्दा सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएको तथ्यांकले देखाएको छ । विगतमा झै यस साता पनि सबै भन्दा बढी रुपन्देही जिल्लामा ६ सय ४४ जना र सबैभन्दा कम रुकुम पुर्व जिल्लामा पाँच जना सङ्क्रमित भए । प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, दाङ, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा र बर्दियामा रहेका छन् । यसैगरी २ सय भन्दा बढी सङ्क्रमित अर्घाखाँची जिल्लामा रहेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा २५ हजार तीन सय ४४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म १९ हजार ९ सय २४ जनाले कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा तीन हजार ९ सय ६९ जना रहेका छने भने प्रदेशभरीमा मृत्यु हुनेको सङ्ख्या २ सय ७२ रहेको छ । यो हप्ता २ हजार ५९ नयाँ सङ्क्रमित थपिएका छन । सातामा २ सय ७२ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ । यस्तै कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीका अनुसार प्रदेशका ३३ वटा स्थानीय तहलाई स्वास्थ्य सेवासँग सम्बन्धित बिभिन्न क्रियाकलापका लागि १२ करोड १२ लाख २० हजार, १६ ओटा स्थानीय तहलाई ३० प्रतिशत लागत साझेदारी हुने गरी एम्बुलेन्स खरिद तथा व्यवस्थापनका लागि ९ लाख ७० हजार नगद उपलब्ध गराएको छ । तीन स्थानीय तहमा आधारभूत अस्पताल निमार्णका लागि प्रति स्थानीय तह ५० लाख, ११ वटा स्थानीयतहमा रहेका अस्पतालहरूका लागि भेन्टिलेटर र आइसीयू खरिद गर्न १० देखि २५ लाख, ५ स्थानीय तहका रणनीतिक अस्पतालहरूमा एक्सरे र इसिजी खरिदका लागि ५ देखि ५० लाख तथा १६ वटा स्थानीय तहमा स्वास्थ्य सम्बन्धी उपकरण एवम् मेशिनरी औजार खरिद गर्न प्रति स्थानीय तह २ लाख रुपियाँ उपलब्ध गराइएको प्रवक्ता नेपालीले जानकारी दिनु भयो । यसअघि प्रदेश सरकारले कोभिड रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रूकुम पश्चिम तथा आठ ओटा जिल्ला अस्पतालहरूलाई १/१ करोड रुपियाँ र सुर्खेतको मेहेलकुना अस्पताललाई ५० लाख रुपियाँ उपलब्ध गराइसकेको छ ।
सुदूर पश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ०७८ जेठ १८ गतेदेखि ०७८ जेठ २४ गतेसम्म ४ सय ३८जना महिला सहित १ हजार १ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । जेठ २४ गते मात्रै सुदूरपश्चिमका बैतडीमा एक महिला, डोटीमा तीन जना महिला सहित १५ जना, कैलालीमा दुइ महिला सहित १५ जना र कञ्चनपुरमा ११ महिला सहित ३२ जना गरी ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टमा कञ्चनपुर जिल्लामा ती जना, कैलालीमा आठ जना, डोटीमा एक जना र बैतडीमा एक जना गरी १३ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । आइसीयूमा ३४ जना र भेन्टीलेटरमा १३ जनाको उपचार भइरहेको र १६ जना निको भएको निर्देशनालयले जनाएको छ । हालसम्म यस प्रदेशमा १० हजार ७ सय ४२ जना महिला सहित ३४ हजार १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा चैत १५ गतेसम्म २ लाख २ हजार ८ सय ८ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत…
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले…
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…