कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये नौ प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन सरदर १ सय ८८ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा १ लाख ४३ हजार ६ सय ९५ ओटा स्वाब परीक्षण गर्दा ५६ हजार २ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा ५२ हजार ९ सय ६० जना सङ्क्रमित निको भए भने १ हजार ३ सय १६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो ।
एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु |
||||||||
विवरण | १० गते | ९ गते | ८ गते | ७ गते | ६ गते | ५ गते | ४ गते | जम्मा |
परीक्षण | १९८४६ | १८९६५ | १९३५७ | २२३५३ | २१६९५ | २११९३ | २०२८६ | १४३६९५ |
सङ्क्रमित | ७२२० | ७५९८ | ८५९१ | ८४०७ | ८२२७ | ८०६४ | ८१३६ | ५६२४३ |
१९ वर्ष मुनीकालाई सङ्क्रमण | ६८० | ७२१ | ८३५ | ७९५ | ७५६ | ७१८ | ६८१ | ५१८६ |
निको भएका | ७१३५ | ७६६४ | ८८४८ | ७८९० | ६५४३ | ७९८९ | ६८९१ | ५२९६० |
मृत्यु | १८५ | १९३ | १२९ | १७७ | १९० | २४६ | १९६ | १३१६ |
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जेठ ४ गतेदेखि जेठ १० गतेसम्मको अवधिमा झापामा ७ सय ६७ जना पुरूष र ६ सय १ जना महिला गरी १ हजार ६ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ८ सय ३१ जना पुरूष र ६ सय ४ जना महिला गरी १ हजार ६ सय २४ जना, मोरङमा १ हजार ६ सय ४० जना पुरूष र १ हजार २ सय जना महिला गरी ३ हजार ४ सय ७९ जना, पाँचथरमा २१ जना पुरूष र १३ जना महिला गरी ५९ जना, सङ्खुवासभामा ९६ जना पुरूष र ८९ जना महिला गरी १ सय ९४ जना, उदयपुरमा ६७ जना पुरूष र ५७ जना महिला गरी १ सय ३२ जना, भोजपुरमा २८ जना पुरूष र २६ जना महिला गरी ५४ जना, धनकुटामा १ सय ८२ जना पुरूष र १ सय ४६ जना महिला गरी ३ सय ४१ जना, इलाममा ९२ जना पुरूष र ७४ जना महिला गरी १ सय ७२ जना, खोटाङमा १ सय १४ जना पुरूष र ७० जना महिला गरी २ सय १८ जना, ओखलढुङ्गामा १ सय ५८ जना पुरूष र ८३ जना महिला गरी २ सय ४३ जना, सोलुखुम्बमा २० जना पुरूष र २२ जना महिला गरी ४२ जना, ताप्लेजुङमा ८५ जना पुरूष र ५४ जना महिला गरी १ सय ६१ जना र तेहृथुममा ४५ जना पुरूष र २४ जना महिला गरी ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ८ हजार ४ सय ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ४ गतेबाट जेठ १० गतेसम्म थप ४ हजार ५ सय ९२ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ हजार ५ सय ५० जना पुरुष र २ हजार ४२ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ९ सय ४७ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १० गतेको तथ्याङक अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ९ हजार ९ सय ९० जना होम आइसोलेशनमा रहेका छन् भने २ सय १५ जना संस्थागत आइसोलेशन, १ सय ५१ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेका छन् । कोभिड १९ सङ्क्रमण बढेसगै प्रदेशमा मनाङ बाहेक १० ओटा जिल्लामा आंशिक र पूर्ण रुपमा निषेध आदेश जारी गरिएको छ । हाल कास्की, गोरखा, तनहुँ, स्याङजा, नवलपुर र म्याग्दीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ, बागलुङ र पर्वतमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको जेठ १० गतेको तथ्याङ्क अनुसार गत २४ घण्टामा कोभिड १९ सङ्क्रमणले २० जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड १९ सङ्क्रमणले ५ सय ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ ७ गते उक्त मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । त्यस क्रममा उनले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पदभार समाहलेसँगै मुख्यमन्त्री गुरुङले मागको आधारमा स्वास्थ्य पूर्वाधार विकासका लागि ७३ ओटा स्थानीय तहहरुमा ५/५ लाख रुपियाँका दर रकम उपलब्ध गराउने निर्णय गरेका छन् । बाँकीमा माग हुनासाथ पठाउने उनको निर्णय छ । उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा स्थानीय तहहरुले खर्चन सक्ने छन् ।
लुम्बिनी प्रदेश
कोभिड सङ्क्रमणका कारण प्रदेशका जिल्लाहरूमा जारी गरिएको निषेध आदेश थप गरिएको छ । लुम्बिनी प्रदेशमा यस साता महिला ३ हजार ४ सय ९६ जना र पुरुष ४ हजार ३ सय ८२ जना गरी ७ हजार ८सय ७८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता भन्दा २ हजार ४ सय ८९ जनामा सङ्क्रमित कम देखिएको छ । यस साता पनि सबै भन्दा बढी रुपन्देही जिल्लामा २ हजार ८ सय ७९ जना र सबैभन्दा कम रुकुम पुर्व जिल्लामा दुई जना सङ्क्रमित भए । लुम्बिनी प्रदेशमा २१ हजार ८ सय ८० जना होम आइसोलेशन, १ हजार ३ सय ७४ जना संस्थागत आइसोलेशन, १ सय ६१ जना आइसीयू र २३ जना भेन्टिलेटरमा रहेका छन् ।प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, दाङ, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, नवलपरासी पश्चिम, अर्घाखाँची र बर्दियामा रहेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३ लाख ११ हजार ४१ जनामा गरिएको परीक्षणमा ७२ हजार १ सय ७६ जनामा सङ्क्रमण पुष्टि भयो । जसमध्ये ५७ हजार ५ सय ९२ जना निको भए भने १३ हजार २ सय ४२ जना सक्रिय सङ्क्रमित हरूको उपचार भइरहेको छ । हालसम्म १ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जनामा गरिएको परीक्षणमा ६ सय १२ जनामा सङ्क्रमण पुष्टि भयो । १ हजार ७ सय ६८ जना निको भए भने १४ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा २१ हजार एक सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म १३ हजार ४ सय ४० जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा ६ हजार ५ सय ४३ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या २ सय १४ रहेको छ । यो हप्ता ३ हजार ५ सय २१ नयाँ सङ्क्रमित थपिएका छन । सातामा ५२ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ०७८ जेठ ४ गतेदेखि ०७८ जेठ १० गतेसम्म १ हजार ५ सय ४९ जना महिला सहित ४ हजार १ सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । जेठ १० गते मात्रै सुदूरपश्चिमका अछाम जिल्लामा २७ महिला सहित ७८ जना, बैतडीमा २४ महिला सहित ५७ जना , बझाङमा एक महिला सहित दुई जना, बाजुरामा दुइ जना पुरुष, डडेल्धुरामा १३ महिला सहित २५ जना, दार्चुलामा नौ महिला सहित २२ जना, डोटीमा एक जना पुरुष, कैलालीमा ३४ महिला ९६ जना , कञ्चनपुरमा एक महिला गरी २ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टमा कञ्चनपुर जिल्लामा ६ जना, बझाङमा दुइ जना, कैलालीमा जना, डडेल्धुरामा एक जना र अछाममा एक जना गरी १६ जनाको मृत्यु भएसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ४ सय ५४ जना पुगेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । आइसियुमा २१ जना र भेन्टीलेटरमा १४ जनाको उपचार भइरहेको र ३१ जना निको भएको निर्देशनालयले जनाएको छ । हालसम्म यस प्रदेशमा ९ हजार ३ सय १२ जना महिला सहित ३० हजार ३ सय ७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा चैत १५ गतेसम्म २ लाख २ हजार ८ सय ८ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…