कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये नौ प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन ७१ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा १ लाख ३० हजार ९ सय ६६ ओटा स्वाब परीक्षण गर्दा ६० हजार ५ सय ९३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा २० हजार ७ सय ७९ जना सङ्क्रमित निको भए भने ४ सय ९७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । नेपालमा कोभिड–१९ को दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको दर पनि ह्वात्तै बढेको छ । देशका ७० जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरी कोभिड नियन्त्रणको पहल गरिएको गृह मन्त्रालयले जनाएको छ ।
एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु | ||||||||
विवरण | २७ गते | २६ गते | २५ गते | २४ गते | २३ गते | २२ गते | २१ गते | जम्मा |
परीक्षण | १७६२३ | १८७८७ | १७३१५ | १९९८७ | २०३६७ | २०७५६ | १६१३१ | १३०९६६ |
सङ्क्रमित | ९२७१ | ८८५० | ८२८७ | ९०२३ | ८९७० | ८६०५ | ७५८७ | ६०५९३ |
१९ वर्ष मुनीकालाई सङ्क्रमण | ७४९ | ८५४ | ७५६ | ८०४ | ८१७ | ७३७ | ६२६ | ५३४३ |
निको भएका | ४००७ | ४०२२ | ३३७० | २९०५ | २७०७ | १९९३ | १७७५ | २०७७९ |
मृत्यु | १३९ | ८८ | ५३ | ५० | ५४ | ५८ | ५५ | ४९७ |
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख २१ गतेबाट वैशाख २७ गतेसम्म थप ४ हजार १ सय १९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ हजार ३ सय १९ जना पुरुष र १ हजार ८ सय जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ३ सय ४८ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख २७ गतेको तथ्याङक अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ६ हजार ७ जना होम आइसोलेशनमा रहेका छन् भने ९३ जना संस्थागत आइसोलेशन, ७३ जना आइ.सि.यू र ११ जना भेन्टिलेटरमा रहेका छन् । कोभिड १९ सङ्क्रमण बढेसगै कास्की, स्याङजा, गोरखा, नवलपुर र बागलुङ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने पर्वत, तनहुँ, म्याग्दी जिल्लाका केही स्थानीयतहहरु बन्द गरिएका छन् । हाल कास्की, गोरखा, नवलपुर मा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने तनहुँ, म्याग्दी, स्याङजा र पर्वतमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको वैशाख २७ गतेको तथ्याङ्क अनुसार गत २४ घण्टामा कोभिड १९ सङ्क्रमणले १३ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड १९ सङ्क्रमणले २ सय ७३ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश
कोभिड सङ्क्रमण बढ्दै गएपछि प्रदेशका १२ वटै जिल्लामा निषेध आदेश जारी भएको छ । लुम्बिनी प्रदेशमा यस साता महिला ४ हजार ८ सय ६७ जना र पुरुष ६ हजार ५ सय २७ जना गरी ११ हजार ३ सय ९३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस साता सबै भन्दा बढी रुपन्देही जिल्लामा ४ हजार ८ सय १ जना र सबैभन्दा कम रुकुम पुर्व जिल्लामा ९ जना सङ्क्रमित रहेका भए । यसैगरी, अर्घाखाँचीमा २ सय ५१ जना, बर्दियामा ४ सय १० जना, दाङमा १ हजार ८ सय २२ जना , गुल्मीमा १ सय ५१ जना , कपिलवस्तुमा ३ सय ४५ जना, पाल्पामा ६ सय २२ जना, प्यूठानमा ५८ जना, रोल्पामा ६९ जना, बाँकेमा २ हजार ३ सय २६ जना र नवलपरासी पश्चिममा ५ सय २९ जनामा सङ्क्रमण पुष्टि भयो । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय रहेको छ । लुम्बिनी प्रदेशमा १७ हजार ८ सय ८९ जना होम आइसोलेशन, २ हजार ५ जना संस्थागत आइसोलेशन, ८६ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमित बाँके, दाङ, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम र रुपन्देहीमा रहेका छन् । मृत्यु हुनेमा सबै भन्दा बढी ५ सय ६ जना १६ देखि ५९ वर्ष उमेर समूहका रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा २९ जनाको मृत्यु भएको छ भने हालसम्म उपचारका लागि बाहिरी जिल्लाबाट आउने समेत गरी ८ सय ५६ जनाको मृत्यु भएको छ । प्रदेशमा हालसम्म ५४ हजार ५ सय ३३ जना सङ्क्रमित मध्ये ३५ हजार ७ सय ८० जना निको भएका छन् ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ वैशाख २१ गतेदेखि २०७८ वैशाख २७ गतेसम्म १ हजार ६२ जना महिला सहित ३ हजार २ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २७ गते मात्रै सुदूरपश्चिमका अछाम जिल्लामा ९१ महिला सहित ३ सय ३२ जना, बैतडीमा १ सय २७ महिला सहित ४ सय १४ जना , बझाङमा तीन महिला सहित १३ जना, बाजुरामा एक महिला सहित पाँच जना, डडेल्धुरामा ७० महिला सहित २ सय ४८ जना, दार्चुलामा १२ महिला सहित ४३ जना डोटीमा ४३ महिला सहित १ सय ७५ जना, कैलालीमा ४ सय ९१ महिला सहित १ हजार ३ सय ५१ जना , कञ्चनपुरमा २ सय २४ महिला सहित ६ सय ४० जना गरी ३ हजार २ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टमा १७ जनाको मृत्यु भएसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २ सय २५ जना पुगेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । आइसियुमा २४ जना र भेन्टीलेटरमा आठ जनाको उपचार भइरहेको र ४३ जना निको भएको निर्देशनालयले जनाएको छ । यस प्रदेशमा १ सय ८७ जना महिला सहित ८ सय ३७ जना आइसोलेसनमा बसेका छन । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा चैत १५ गतेसम्म २ लाख २ हजार ८ सय ८ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…