कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १० प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ९.६६ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर आठ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ७० हजार ६ सय १७ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ६ हजार ८ सय २६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १० हजार २ सय ४६ जना सङ्क्रमित निको भए भने ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
बागमती प्रदेश
यस प्रदेशमा असोज ११ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ४ लाख ३२ हजार ८१ जना पुगेको छ । अघिल्ला हप्ता ४ लाख २९ हजार ३ सय ४९ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए । यो हप्ता २ हजार ७ सय ४२ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ४ लाख १८ हजार ५ सय ८२ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ९ हजार ८७ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १३ हजार ४ सय १३ जना रहेकोमा यो हप्ता ४ हजार ३ सय २६ जना कम गई ९ हजार ८७ जनामा झरेको हो ।
यस प्रदेशमा असोज ११ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार ४ सय १२ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा १६ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०२ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९६.८४ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा असोज ११ गते आइपुग्दा यो सङ्ख्या ९६.८८ प्रतिशत रहेको छ । यस प्रदेशमा असोज ११ गतेसम्म कोभिड–१९ विरुद्ध दुवै मात्राको खोप लगाएकाको सङ्ख्या १८ लाख ९३ हजार ५३ जना अर्थात ४८ प्रतिशतले लगाइसकेका छन् । यसैगरी कुनै एक मात्र खोप लगाउनेको सङ्ख्या ६ लाख ९७ हजार ८ सय ७६ जना अर्थात १८ प्रतिशतले प्राप्त गरिसकेका छन् । कुनै पनि खोप नलगाएका १८ वर्षमाथिकाको सङ्ख्या १३ लाख ४१ हजार ७ सय ४८ जना अर्थात ३४ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असोज ११ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८५ हजार २ सय ३४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी पूर्व, तनहुँ, बागलुङ, गोरखा, स्याङजा र पर्वतमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ३ हजार ४ सय ४७ जना होम आइसोलेशन, १ सय २६ जना संस्थागत आइसोलेशन, ४६ जना आइसियू र पाँच जना भेण्टीलेटरमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट १ हजार ३ सय ५७ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यो साता ५ सय ९८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय १७ जना पुरुष र २ सय ८१ जना महिला रहेका छन् । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ६२ रहेको थियो । लुम्बिनी प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देहीमा रहेका छन् भने २ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, पाल्पा र दाङमा रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका सबै वडा स्वास्थ्य केन्द्रबाट असोज १२,१३ र १४ गते ४५ वर्ष भन्दा माथिका सबै र १८ वर्ष माथिका सबैलाई भेरोसेल पहिलो चरणको खोप लगाइने छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा ३३ हजार ४ सय ४१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३१ हजार ५ सय ३३ जना निको भएका छन् । हाल आइसोलेशनमा २ सय ८० जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ७६ रहेको छ । यो हप्ता २ सय ७ जना नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट दुई जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ असोज ५ गतेदेखि २०७८ असोज ११ गतेसम्म ५ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । असोज ११ गते मात्रै सुदूरपश्चिमका बैतडीमा तीन, डडेल्धुरामा तीन, दार्चुलामा एक, कैलालीमा १० र कञ्चनपुरमा सात जना गरी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो साता दुई जना कोभिड सङ्क्रमितको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५ सय ९३ जना पुगेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । असोज ११ गतेसम्म २७ जना महिलासहित ७८ जना आइसोलेशनमा रहेका छन् । हालसम्म ३ लाख ४४ हजार ६ सय ७७ जनाको कोभिड परीक्षण भएकोमा ४७ हजार १ सय ३८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ६६ हजार ८ सय १९ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ६३ हजार १ सय ५९ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ३ लाख ६ सय ७८ जना रहेकोमा भेरोसेल दोस्रो खोप २ लाख ३ हजार ७ सय १६ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३८ हजार ३ सय ७१ जनालाई लगाइएको छ । अघिल्लो २४ घण्टामा कोभिशिल्ड पहिलो खोप १ हजार ३ सय २० जनाले पाएका छन् भने भेरोसेल पहिलो खोप २९ हजार ८ सय २६ जना र भेरोसेल दोस्रो खोप १ सय ३६ जनाले पाएको मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
समाचार सङ्कलन गर्दै गरेका पत्रकारलाई प्रहरीद्वारा कुटपिट
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थकले कात्तिक २० गते पोखरामा गरेको प्रदर्शनको समाचार सङ्कलन गर्न पुगेका कान्तिपुरकर्मी इन्द्रप्रसाद पौडेल र पब्लिक फोरके टेलिभिजनका राजकुमार माझीलाई प्रहरीले कुटपिट गरेको पीडित पत्रकार…
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८१ कात्तिक २० गते विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र अबको बाटो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाँउपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ कात्तिक १८ गते बलात्कार गरेको…