कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १० प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १०.४३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ६९ हजार २ सय ९३ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ७ हजार २ सय २९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ११ हजार ४ सय ५३ जना सङ्क्रमित निको भए भने ८३ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।

coviddata20210921weekly

प्रदेश १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ भदौ २९ गतेदेखि असोज ४ गतेसम्मको अवधिमा झापामा ३ सय ४७ जना पुरूष र ३ सय ५७ जना महिला गरी ७ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा १ सय ९६ जना पुरूष र २ सय २२ जना महिला गरी ४ सय १८ जना, मोरङमा ३ सय १५ जना पुरूष र ३ सय २ जना महिला गरी ६ सय १५ जना, पाँचथरमा दुई जना पुरूष र चार जना महिला गरी ६ जना, सङ्खुवासभामा पाँच जना पुरूष र एक जना महिला गरी ६ जना, उदयपुरमा ११ जना पुरूष र १२ जना महिला गरी २३ जना, भोजपुरमा १० जना पुरूष र पाँच जना महिला गरी १५ जना, धनकुटामा १३ जना पुरूष र १७ जना महिला गरी ३० जना, इलाममा १७ जना पुरूष र १४ जना महिला गरी ३१ जना, खोटाङमा तीन जना पुरूष र १० जना महिला गरी १३ जना, ओखलढुङ्गामा पाँच जना पुरूष र एक जना महिला गरी ६ जना, सोलुखुम्बमा पाँच जना पुरूष र तीन जना महिला गरी आठ जना, ताप्लेजुङमा चार जना पुरूष र एक जना महिला गरी पाँच जना र तेहृथुममा दुई जना पुरूष र चार जना महिला गरी ६ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ हजार ८ सय ८४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा असोज ४ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ४ लाख २९ हजार ३ सय ४९ जना पुगेको छ । अघिल्ला हप्ता ४ लाख २३ हजार ७ सय २१ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए ।  यो हप्ता ५ हजार ६ सय २८ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ४ लाख १५ हजार ७ सय ९८ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १३ हजार ४ सय १३ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ९ हजार ४  सय ४९ जना रहेकोमा यो हप्ता ३ हजार ९सय ६४ जना बढ्न गई १३ हजार ४ सय १३ जना जना पुगेको हो ।

यस प्रदेशमा असोज ४ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार ३ सय ९६ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ४५ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०२ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९५.७७ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा असोज ४ गते आइपुग्दा यो सङ्ख्या ९६.८४ प्रतिशत रहेको छ । यस प्रदेशमा असोज गतेसम्म कोभिड–१९ विरुद्ध दुवै मात्राको खोप लगाएकाको सङ्ख्या १८ लाख ९३ हजार ५३ जना अर्थात ४८ प्रतिशतले लगाइसकेका छन् । यसैगरी कुनै एक मात्र खोप लगाउनेको सङ्ख्या ६ लाख ९७ हजार ८ सय ७६ जना अर्थात १८ प्रतिशतले प्राप्त गरिसकेका छन् । कुनै पनि खोप नलगाएका १८ वर्षमाथिकाको सङ्ख्या १३ लाख ४१ हजार ७ सय ४८ जना अर्थात ३४ प्रतिशत रहेको छ । अघिल्लो हप्ता कुनै पनि खोप नलगाउनेको सङ्ख्या ५० प्रतिशत रहेको थियो ।

गण्डकी प्रदेश

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असोज ४ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८४ हजार ४ सय ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी पूर्व, तनहुँ, बागलुङ, गोरखा, स्याङजा र पर्वतमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ४ हजार २ सय ६२ जना होम आइसोलेशन, १ सय ७४ जना संस्थागत आइसोलेशन, ५३ जना आइसियू र ६ जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणबाट कुल १ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा असोज ४ गतेबाट ४२–४९ वर्ष उमेर समूह र खोपको पहिलो मात्रा लगाउन छुटेका १८ वर्ष माथिका विद्यार्थीहरुलाई भेरोसेल खोप लगाउने कार्यक्रम पुन सुचारु गरिएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार असोज ४ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ५ लाख ९१ हजार ९ सय ४७ जनाले पूर्ण खोप लगाएका छन् भने ६ लाख ८५ हजार ५ सय ८० जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा यस साता  ५ सय ६२ जना  कोभिड सङ्क्रमित भए । जसमध्ये २ सय ८७  जना पुरुष र २ सय ७५ जना महिला रहेका छन् । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ५ सय २० रहेको थियो । लुम्बिनी प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देहीमा रहेका छन् भने २ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, पाल्पा, दाङ र गुल्मीमा रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका अनुसार प्रदेशका प्रदेश बाहिरबाट उपचारका लागि आएका समेत गरी प्रदेशमा २ हजार २ सय ८ जनाको कोभिडबाट मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका एकजना कोभिड सङ्क्रमितको असोज ५ गते  मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार, बर्दिया मधुवन नगरपालिका – ५ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । बर्दियामा पीसीआर गरिएका भदौ २१ गते उनलाई  सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार तीन वटा ल्याबमा ५६ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी,  असोज ३ गते राती बाँके र दाङका गरी दुई जना सङ्क्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँके खजुरा गाउँपालिका – ४ का ७५ वर्षीया महिला र दाङ तुलसीपुर उप–महानगरपालिका– ७ का ८२ वर्षीय पुरुषको मृत्यु भएको छ ।  कोभिडबाट बाँके जिल्लाका ३ सय ३२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका ४ सय १४ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा ३३ हजार २ सय ३४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३१ हजार २ सय ९० जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा ३ सय ३९ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ७४ रहेको छ । यो हप्ता १ सय ८० जना नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट मृत्यु हुनेको शुन्य रहेको  निर्देशनालयको तथ्याङ्क छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ भदौ २९ गतेदेखि २०७८ असोज ४ गतेसम्म २ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । असोज ४ गते मात्रै सुदूरपश्चिमका कैलालीमा ३२, कञ्चनपुरमा पाँच र अन्य अस्पतालमा गरी ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता चार जना कोभिड सङ्क्रमितको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५ सय ९१ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । असोज ४ गतेसम्म २६ जना महिलासहित ८२ जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टामा १० जना निको भएर घर फर्किएपछि आइसियु, कोभि वर्ड र भेन्टीलेटरमा उपचार गराउनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ३७ हजार ४ सय ६२ जनाको कोभिड परीक्षण भएकोमा ४६ हजार ९ सय १० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ९० हजार ४० जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ८० हजार ७ सय ११ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ६६ हजार ४ सय ४३ जना रहेकोमा भेरोशिल्ड दोस्रो खोप १ लाख ८४ हजार ४ सय ३६ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३५ हजार ७ सय ६९  जनालाई लगाइएको छ ।


अनलाइन डेस्क