कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ११.६४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १५ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ६४ हजार ८ सय ७२ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ७ हजार ५ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ११ हजार ७ सय ८९ जना सङ्क्रमित निको भए भने १ सय ७ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ भदौ २२ गतेदेखि भदौ २८ गतेसम्मको अवधिमा झापामा २ सय ८९ जना पुरूष र २ सय ७३ जना महिला गरी ५ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २ सय ४१ जना पुरूष र २ सय ६५ जना महिला गरी ५ सय ६ जना, मोरङमा ३ सय ७७ जना पुरूष र ३ सय ७२ जना महिला गरी ७ सय ४९ जना, पाँचथरमा सात जना पुरूष र दुई जना महिला गरी सात जना, सङ्खुवासभामा पाँच जना पुरूष र एक जना महिला गरी ६ जना, उदयपुरमा आठ जना पुरूष र १२ जना महिला गरी २० जना, भोजपुरमा तीन जना पुरूष र तीन जना महिला गरी ६ जना, धनकुटामा १८ जना पुरूष र २१ जना महिला गरी ३९ जना, इलाममा ११ जना पुरूष र १४ जना महिला गरी २५ जना, खोटाङमा ११ जना पुरूष र तीन जना महिला गरी १४ जना, ओखलढुङ्गामा चार जना पुरूष र चार जना महिला गरी आठ जना, सोलुखुम्बमा पाँच जना पुरूष र दुई जना महिला गरी सात जना, ताप्लेजुङमा सात जना पुरूष र तीन जना महिला गरी १० जना र तेहृथुममा तीन जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ हजार ९ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको भदौ २८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८३ हजार ६ सय ७२ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने तनहुँ, बागलुङ, गोरखा, स्याङजा र पर्वतमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये ५ हजार ३ सय १७ जना होम आइसोलेशन, २ सय ७ जना संस्थागत आइसोलेशन, ८६ जना आइसीयू र चार जना भेण्टीलेटरमा रहेका छन् । प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा यो साता खोप कार्यक्रम जारी रहयो । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार भदौ २८ गतेसम्म गण्डकी प्रदेशमा ६ लाख १० हजार ४ सय ८० जनाले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् भने ४ लाख ५३ हजार ८ सय ९७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता ५ सय २० जना कोभिड सङ्क्रमित भए । जसमध्ये २ सय ९० जना पुरुष र २ सय ३० जना महिला रहेका छन् । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ६४ रहेको थियो । लुम्बिनी प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देही हो भने २ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, पाल्पा, दाङ, गुल्मी र बर्दियामा रहेका छन् । बाँकेमा ६७ जनाको परीक्षण गर्दा दुई जनामा मात्रै कोभिड पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा दुई जनामा पुष्टि भएको छ । कोहलपुर मेडिकल कलेजमा २६ जना र बागेश्वरी ल्याबमा २० जनाको परीक्षण गर्दा नेगेटिभ आएको छ । दाङमा कोभिडका कारण दुई वर्षदेखि बन्द रहेका विद्यालयहरू भदौ २८ गते देखि सञ्चालनमा आएका छन् । जिल्लाका १० ओटा स्थानीय तहमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन भएका छन् । यसैगरी, बाँकेको नेपालगञ्ज उपमनपा भित्रका विद्यालयहरू भदौ २७ गतेबाट सञ्चालनमा आएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ भदौ २२ गतेदेखि २०७८ भदौ २८ गतेसम्म १ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । भदौ २८ गते मात्रै सुदूरपश्चिमका डडेल्धुरा दुई, डोटीमा तीन र कञ्चनपुरमा दुई जना गरी सात जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता एक जना कोभिड सङ्क्रमितको मुत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ५ सय ८७ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । भदौ २८ गतेसम्म ३० जना महिलासहित ८५ जना होम आइसोलेशनमा रहेका छन् । आइसीयूमा सात जना र भेन्टीलेटरमा चार जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ३० हजार ५४ जनाको कोभिड परीक्षण भएकोमा ४६ हजार ६ सय ५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ९० हजार ४० जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ८० हजार ७ सय ११ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ६६ हजार ४ सय ४३ जना रहेकोमा भेरोसेल दोस्रो खोप १ लाख ८४ हजार ४ सय ३६ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३५ हजार ७ सय ६९ जनालाई लगाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…