कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १३.२५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता १८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघिको साता २० प्रतिशतमा कोभिड पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर १८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन २८ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ७२ हजार ६ सय ९२ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ९ हजार ६ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १४ हजार ३ सय ८१ जना सङ्क्रमित निको भए भने १ सय २८ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ भदौ १५ गतेदेखि भदौ २१ गतेसम्मको अवधिमा झापामा ३ सय ९ जना पुरूष र ३ सय ३१ जना महिला गरी ६ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २ सय १४ जना पुरूष र १ सय ९२ जना महिला गरी ४ सय ६ जना, मोरङमा ३ सय १६ जना पुरूष र २ सय ९२ जना महिला गरी ६ सय ८ जना, पाँचथरमा तीन जना पुरूष र तीन जना महिला गरी ६ जना, सङ्खुवासभामा ६ जना पुरूष र तीन जना महिला गरी ६ जना, उदयपुरमा १० जना पुरूष र सात जना महिला गरी १७ जना, भोजपुरमा ६ जना पुरूष र सात जना महिला गरी १३ जना, धनकुटामा १६ जना पुरूष र १९ जना महिला गरी ३५ जना, इलाममा २९ जना पुरूष र २७ जना महिला गरी ५६ जना, खोटाङमा नौ जना पुरूष र दुई जना महिला गरी ११ जना, ओखलढुङ्गामा सात जना पुरूष र दुई जना महिला गरी नौ जना, सोलुखुम्बमा दुई जना पुरूष, ताप्लेजुङमा पाँच जना पुरूष र पाँच जना महिला गरी १० जना र तेहृथुममा सात जना पुरूष र एक जना महिला गरी आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ हजार ८ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ २१ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ४ लाख १९ हजार ३ सय ८५ जना पुगेको छ । अघिल्ला हप्ता ४ लाख १२ हजार ८ सय ३३ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए । यो हप्ता ६ हजार ५ सय ५२ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ४ लाख १ हजार ६ सय ३६ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १३ हजार ४ सय १३ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ९ हजार ४ सय ४९ जना रहेकोमा यो हप्ता ३ हजार ९सय ६४ जना बढ्न गई १३ हजार ४ सय १३ जना जना पुगेको हो । यस प्रदेशमा भदौ २१ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार ३ सय ३६ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ५२ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०३ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९५ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा भदौ २१ गते आइपुग्दा यो सङ्ख्या ९५.७७ प्रतिशत रहेको छ । यस प्रदेशमा भदौ २१ गतेसम्म कोभिड–१९ विरुद्ध दुवै मात्राको खोप लगाएकाको सङ्ख्या १८ लाख ४१ हजार ४ सय ४७ जना अर्थात ३२ प्रतिशतले लगाइसकेका छन् । यसैगरी कुनै एक मात्र खोप लगाउनेको सङ्ख्या ६ लाख ६ हजार १ सय ३३ जना अर्थात १० प्रतिशतले प्राप्त गरिसकेका छन् । कुनै पनि खोप नलगाएका १८ वर्षमाथिकाको सङ्ख्या ३३ लाख ८० हजार ७ सय ९० जना अर्थात ५८ प्रतिशत रहेको छ । अघिल्लो हप्ता कुनै पनि खोप नलगाउनेको सङ्ख्या ६५ प्रतिशत रहेको थियो ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको भदौ २१ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८२ हजार ६ सय ८१ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की, बागलुङ, स्याङजा, गोरखा र नवलपरासी पूर्वमा ५ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने तनहुँ, लमजुङ र पर्वतमा २ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये ६ हजार ४ सय ७० जना होम आइसोलेशन, २ सय ९२ जना संस्थागत आइसोलेशनमा, ७७ जना आइसियूमा र पाँच जना भेण्टीलेटरमा रहेका छन् । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानीय तहमा यो साता खोप कार्यक्रम जारी रहयो । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार भदौ २० गतेसम्म गण्डकी प्रदेशमा ४ लाख ३२ हजार ७ सय ५० जनाले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् भने ५ लाख ९२ हजार ७२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भदौ १६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनुगमन गर्नुभएको थियो । कोभिडको तेस्रो लहर आउने आंकलन स्वास्थ्यविदहरुले गरिरहेका बेला अस्पतालले गरेको तयारीबारे जानकारी लिन मुख्यमन्त्री आकस्मिक रुपमा अनुगमनमा निस्केका थिए । मुख्यमन्त्रीले कोभिड वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन आपूर्ति केन्द्र, मेडिकल वार्ड, प्रसूति वार्ड र एनआइसीयू वार्ड अनुगमन गर्नुभएको थियो । तेस्रो लहरको प्रभाव बालबालिकामा हुने अनुमान गरिएकामा अस्पताललाई त्यही अनुसारको तयारी गर्न मुख्यमन्त्री पोखरेलले अस्पताल प्रशासनलाई अनुगमन गरी निर्देशन दिनुभएको थियो ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ भदौ १५ गतेदेखि २०७८ भदौ २१ गतेसम्म २ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । भदौ २१ गते मात्रै सुदूरपश्चिमका बैतडी एक, बझाङ एक, डडेल्धुरा तीन, कैलाली १९, कञ्चनपुरमा एक जना र अन्य जिल्लामा एक जना गरी २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ५ सय ८५ जनाको मृत्यु भएको भएपनि अघिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा कोभिड सङ्क्रमणका कारण मृत्यु नभएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । भदौ २१ गतेसम्म ४८ जना महिलासहित १ सय २३ जना होम आइसोलेशनमा रहेका छन् भने आइसियुमा सात जना, कोभिड वार्डमा एक जना र भेन्टीलेटरमा ६ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख १८ हजार ९ सय ४ जनाको कोभिड परीक्षण भएकोमा ४६ हजार ४ सय ६१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख २५ हजार ४ सय १६ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १६ हजार ५ सय १९ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ४३ हजार ७६ जना रहेकोमा भेरोसेल दोस्रो खोप १ लाख ५८ हजार ८ सय ८८ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३३ हजार ७ सय जनालाई लगाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…