कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १८.२२ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २० प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघिको साता २५ प्रतिशतमा कोभिड पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर २८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन २९ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ६६ हजार ६ सय ३४ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १२ हजार १ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १४ हजार ४ सय २३ जना सङ्क्रमित निको भए भने २ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।

data20210831weekly

प्रदेश १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ ८ गतेदेखि भदौ १४ गतेसम्मको अवधिमा झापामा ४ सय १० जना पुरूष र ४ सय ३१ जना महिला गरी ८ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २ सय ९२ जना पुरूष र ३ सय १३ जना महिला गरी ६ सय ५ जना, मोरङमा ३ सय ६८ जना पुरूष र ४ सय ७६ जना महिला गरी ७ सय ४४ जना, पाँचथरमा ३१ जना पुरूष र १८ जना महिला गरी ४९ जना, सङ्खुवासभामा १६ जना पुरूष र पाँच जना महिला गरी २१ जना, उदयपुरमा ४८ जना पुरूष र १८ जना महिला गरी ४६ जना, भोजपुरमा आठ जना पुरूष र ११ जना महिला गरी १९ जना, धनकुटामा २४ जना पुरूष र ३४ जना महिला गरी ५८ जना, इलाममा ३९ जना पुरूष र २७ जना महिला गरी ६६ जना, खोटाङमा २६ जना पुरूष र ६ जना महिला गरी ३२ जना, ओखलढुङ्गामा आठ जना पुरूष र १२ जना महिला गरी २० जना, सोलुखुम्बमा तीन जना पुरूष र चार जना महिला गरी सात जना, ताप्लेजुङमा सात जना पुरूष र तीन जना महिला गरी १० जना र तेहृथुममा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ हजार ५ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा भदौ १४ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ४ लाख १२ हजार ८ सय ३३ जना पुगेको छ । अघिल्ला हप्ता ४ लाख ८ हजार ५ सय ४३ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए ।  यो हप्ता ४ हजार २ सय ९० जना बढीले कोभिड-१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा दुई हप्ता अखिदेखि सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ३ लाख ९२ हजार २ सय ८० जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ९ हजार ४ सय ४९ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १६ हजार ९ सय ७५ जना रहेकोमा यो हप्ता ७ सय ५ सय १६ जना घट्न गई ९ हजार ४  सय ४९ जनामा आइपुगेको हो । यस प्रदेशमा भदौ १४ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार २ सय ८४ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ३२ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०४ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९४.८१ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा भदौ १४ गते आइपुग्दा यो सङ्ख्या ९५ प्रतिशत रहेको छ । यस प्रदेशमा भदौ १४ गतेसम्म कोभिड–१९ विरुद्ध दुवै मात्राको खोप लगाएकाको सङ्ख्या ११ लाख ४० हजार ६ सय १३ जना अर्थात २० प्रतिशतले लगाइसकेका छन् । यसै गरी कुनै एक मात्र खोप लगाउनेको सङ्ख्या ९ लाख १६ हजार ६ सय १८ जना अर्थात १५ प्रतिशतले प्राप्त गरिसकेका छन् । कुनै पनि खोप नलगाएका १८ वर्षमाथिकाको सङ्ख्या ३७ लाख ८६ हजार १ सय ३९ जना अर्थात ६५ प्रतिशत रहेको छ । यस प्रदेशमा ६५ वर्ष उमेर समूह माथिकाले पहिलो खोप लगाएको कोभिडसिल्डको दोस्रो मात्रा जापानबाट प्राप्त आष्ट्राजेनेक खोपको दोस्रो मात्रा साउन २५ गतेबाट लगाएका छन् । साथै जान्सेन एन्ड जान्सेन खोप एक मात्रा लगाएपछि पुन अर्को खोप लगाउनु नपर्ने भएकाले यसलाई दुवै मात्राको खोपमा गणना गरिएको स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको भदौ १४ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८१ हजार २ सय ७८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल तनहुँ, कास्की, बागलुङ, स्याङजा, गोरखा र नवलपरासी पूर्वमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ र पर्वतमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ७ हजार ७ सय ५८ जना होम आइसोलेशन, २ सय ३७ जना संस्थागत आइसोलेशन, ८९ जना आइसीयू र नौ जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले तीन जनाको मृत्यु भएको छ । यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा यो साता खोप कार्यक्रम जारी रहयो । नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार भदौ ७ गतेसम्म गण्डकी प्रदेश भरी २ लाख ११ हजार ४ सय २७ जनाले कोभिसिल्ड र एस्ट्राजेनिकाको पहिलो मात्राको खोप लगाएका छन् भने  १ लाख ४० हजार ९ सय ३१ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरी भेरोसेल खोप अन्तर्गत २ लाख ७३ हजार ७ सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १ लाख ८९ हजार ४६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरी जोन्सन एण्ड जोन्सनको पूर्ण खोप कुल १ लाख ३ हजार १ सय ५ जनाले लगाएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ भदौ ८ गतेदेखि २०७८ भदौ १४ गतेसम्म १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ । भदौ १४ गते मात्रै सुदूरपश्चिमका बैतडीमा ६ जना, डडेल्धुरामा एक जना,  कैलालीमा ११ जना र अन्य जिल्लामा दुई जना गरी  २० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता तीन जनाको मृत्यु भएसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या  ५ सय ८३ जना भएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । भदौ १४ गतेसम्म होम आइसोलेशनमा ३८ जना महिलासहित ९९ जना  आइसोलेशनमा रहेका छन् भने कोभिड वार्डमा एक जना र  भेन्टीलेटरमा चार जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख १२ हजार  ७ सय २८ जनाको कोभिड परीक्षण भएकोमा ४६ हजार २ सय ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिसिल्ड पहिलो खोप पाउनेको सङ्ख्या २ लाख २५ हजार ४ सय १६ जना रहेकोमा कोभिसिल्ड दोस्रो खोप १६ हजार ५ सय १९ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसिल पहिलो खोप पाउनेको सङ्ख्या २ लाख ४३ हजार ७६ जना रहेकोमा भेरोसिल दोस्रो खोप १ लाख ५८ हजार ८ सय ८८ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३३ हजार ७ सय  जनालाई लगाइएको छ ।


अनलाइन डेस्क