कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २० प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १९.७१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर २९ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन ३० जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ७१ हजार ७ सय ३० ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १४ हजार १ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १४ हजार ९ सय ५७ जना सङ्क्रमित निको भए भने २ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश २
भदौ १ गतेदेखि ७ गतेसम्ममा प्रदेश २ अन्तर्गतका आठ जिल्लामध्ये सप्तरीमा एक ३५ वर्षीया महिलाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो साता प्रदेश २ मा ३८ जना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ । जसमध्ये सप्तरीमा तीन, सिरहामा सात, धनुषामा नौ, महोत्तरीमा एक, सर्लाहीमा पाँच, रौतहटमा दुई, बारामा दुई र पर्सामा नौ जना व्यक्ति कोभिड सङ्क्रमित थपिएका हुन् । हालसम्म यस प्रदेशमा ३७ हजार ९ सय ८८ जना कोरोना सङ्क्रमित मध्ये ३६ हजार ८ सय १५ जना उपचारपछि घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश २ मा भदौ ७ गतेसम्म कोरोना सङ्क्रमणबाट १ हजार ३४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । प्रदेश २ मा उपचारमा रहेका १२ जना र होम आइसोलेशनमा रहेका १ सय २७ जना गरी १ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमितमध्ये गम्भीर प्रकृतिका बिरामीलाई कोभिड अस्पतालमा उपचार गरिने गरिएको र समान्य सङ्क्रमितहरु हाल होम आइसोलेशनमा रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ डाक्टर कमलेशप्रसाद यादवले बताउनु भयो ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको भदौ ७ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ७९ हजार २३ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल तनहुँ, कास्की, बागलुङ, स्याङजा, गोरखा र नवलपरासी पूर्वमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ र पर्वतमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये ७ हजार ६ सय ५५ जना होम आइसोलेशन, ३ सय ७६ जना संस्थागत आइसोलेशन, ६९ जना आइसियू र चार जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले चार जनाको मृत्यु भएको छ । यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार २ सय ४३ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा यो साता खोप कार्यक्रम जारी रहयो । नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार भदौ ७ गतेसम्म गण्डकी प्रदेश भरी २ लाख ४ हजार ८ सय १६ जनाले कोभिसिल्ड र एस्ट्राजेनिकाको पहिलो मात्राको खोप लगाएका छन् भने १ लाख ३७ हजार ८ सय २९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरी भेरोसेल खोप अन्तरगत २ लाख ७ हजार ७ सय २० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १ लाख ५५ हजार ३ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसै गरी जोन्सन् एण्ड जोन्सन पूर्ण खोप कुल १ लाख २ हजार ८ सय ९३ जनाले लगाएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेदेखि भदौ ७ गतेसम्म २ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । भदौ ७ गते मात्रै सुदूरपश्चिमका कञ्चनपुरमा एक जना र बैतडीमा तीन जनामा गरी चार जनामा जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ५ सय ८० जनाको मृत्यु भएको भएपनि अघिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा कोभिड सङ्क्रमणका कारण मृत्यु नभएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । भदौ ७ गतेसम्म होम आइसोलेशनमा १ हजार ६२ जना, संस्थागत आइसोलेशनमा ९१ ज्ना रहेका छन् भने आइसियुमा चार जना र भेन्टीलेटरमा दुई जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ७ हजार २ सय ८३ जनाको कोभिड परीक्षण भएकोमा ४६ हजार ३८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा भेरोसेल पहिलो र दोस्रो चरण गरी २ लाख ७९ हजार ३ सय ९१ जनालाई खोप लगाइएको छ भने जे एण्ड जे कम्पनीको १ लाख ३० हजार १ सय ७५ जनालाई खोप लगाइएको छ । यसैगरी कोभिशिल्ड पहिलो चरणमा २ लाख ६ हजार ९ सय २१ जना र दोस्रो चरणमा १ लाख ३९ हजार २ जनामा खोप लगाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…