कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा सङ्क्रमण

  ०७८ भदौ १ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २४.८७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता पनि २५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर ३० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ७३ हजार ४ सय ८६ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १७ हजार ३ सय ५२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १४ हजार ५७ जना सङ्क्रमित निको भए भने २ सय १२ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।

coviddata20210817weekly

प्रदेश १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ साउन २६ गतेदेखि साउन ३२ गतेसम्मको अवधिमा झापामा ७ सय २६ जना पुरूष र ६ सय ६८ जना महिला गरी १ हजार ३ सय ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३ सय ३६ जना पुरूष र ३ सय ६९ जना महिला गरी ७ सय ५ जना, मोरङमा ४ सय ६३ जना पुरूष र ४ सय २० जना महिला गरी ८ सय ३३ जना, पाँचथरमा १२ जना पुरूष र सात जना महिला गरी १९ जना, सङ्खुवासभामा १२ जना पुरूष र नौ जना महिला गरी २१ जना, उदयपुरमा २२ जना पुरूष र १० जना महिला गरी ३२ जना, भोजपुरमा ११ जना पुरूष र ६ जना महिला गरी १७ जना, धनकुटामा ४५ जना पुरूष र ४१ जना महिला गरी ८६ जना, इलाममा ४९ जना पुरूष र २९ जना महिला गरी ७८ जना, खोटाङमा १० जना पुरूष र ६ जना महिला गरी १६ जना, ओखलढुङ्गामा १४ जना पुरूष र ६ जना महिला गरी २० जना, सोलुखुम्बमा ६ जना पुरूष र पाँच जना महिला गरी ११ जना, ताप्लेजुङमा पाँच जना पुरूष र तीन जना महिला गरी आठ जना र तेहृथुममा ६ जना पुरूष र १० जना महिला गरी १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ३ हजार २ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा साउन ३२ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ४ लाख ६५ जना पुगेको छ । अघिल्ला हप्ता ३ लाख ८९ हजार ४ सय ५४ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए ।  यो हप्ता १० हजार ६ सय ११ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा चार हप्ता अखिदेखि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ३ लाख ७८ हजार ५ सय ४७ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १७ हजार ३ सय ३५ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १५ हजार ४ सय ४ जना रहेकोमा यो हप्ता ३ सय ६ सय ६९ जना बढ्न गई १७ हजार ३  सय ३५ जनामा पुगेको हो ।

यस प्रदेशमा साउन ३२ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार १ सय ८३ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ५९ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०५ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९५.०० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा साउन ३२ गते आइपुग्दा यो सङ्ख्या ९४.६२ प्रतिशत रहेको छ । यस प्रदेशमा साउन ३२ गतेसम्म कोभिड–१९ विरुद्ध दुवै मात्राको खोप लगाएकाको सङ्ख्या ११ लाख १३ हजार ५ सय ८२ जना अर्थात १९ प्रतिशतले लगाइसकेका छन् । यसै गरी कुनै एक मात्र खोप लगाउनेको सङ्ख्या ८ लाख १९ हजार ३ सय ७२ जना अर्थात १४ प्रतिशतले प्राप्त गरिसकेका छन् । कुनै पनि खोप नलगाएका १८ वर्षमाथिकाको सङ्ख्या ३८ लाख ९५ हजार ४ सय १६ जना अर्थात ६७ प्रतिशत रहेको छ । यस प्रदेशमा ६५ वर्ष उमेर समूह माथिकाले पहिलो खोप लगाएको कोभिडसिल्डको दोस्रो मात्रा जापानबाट प्राप्त आष्ट्राजेनेक खोपको दोस्रो मात्रा साउन २५ गतेबाट लगाएका छन् । साथै जान्सेन एन्ड जान्सेन खोप एक मात्रा लगाएपछि पुन अर्को खोप लगाउनु नपर्ने भएकाले यसलाई दुवै मात्राको खोपमा गणना गरिएको स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको साउन ३२ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ७६ हजार ३ सय ४२ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल तनहुँ, कास्की, बागलुङ, स्याङजा, गोरखा र नवलपरासी पूर्वमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ र पर्वतमा २ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमितमध्ये ७ हजार ३ सय १६ जना होम आइसोलेशन, २ सय ६७ जना संस्थागत आइसोलेशन, ७० जना आइसियू र ६ जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले १० जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार २ सय २ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा यो साता खोप कार्यक्रम जारी रहयो । नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार साउन ३२ गतेसम्म गण्डकी प्रदेश भरी १ लाख ९४ हजार ५ सय ६२ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् भने  १ लाख १२ हजार ९ सय ३० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरि भेरोसेल खोप अन्तरगत २ लाख ६४ हजार ४ सय ४४ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १ लाख १४ हजार ४० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसै गरी जोन्सन एण्ड जोन्सन पूर्ण खोप कुल १ लाख ९ सय ४१ जनाले लगाएका छन् । प्रदेशमा कोभिशिल्डको दोस्रो मात्राको खोप लगाउन छुटेका ज्येष्ठ नागरिकलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा यस साता १ हजार ४५ जना कोभिड सङ्क्रमित भए । जसमध्ये ५ सय ७२ पुरुष र ४ सय ७३ जना महिला रहेका छन् । लुम्बिनी प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देही र दाङमा रहेका छन् भने २ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, पाल्पा र बर्दियामा रहेका छन् । प्रदेशमा कम भएको सङ्क्रमणको दर पछिल्लो समय बढेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ साउन २६ गतेदेखि २०७८ साउन ३२ गतेसम्म १ सय ५ जना महिला सहित २ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । साउन ३२ गते मात्रै सुदूरपश्चिमका  बैतडी जिल्लामा एक महिलासहित चार जना, डडेल्धुरामा तीन जना पुरुष, दार्चुलामा दुई जना महिला, कैलालीमा दुई जना पुरुष र कञ्चनपुरमा तीन जना पुरुष गरी १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ५ सय ८० जनाको मृत्यु भएको भएपनि अघिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा कोभिड सङ्क्रमणका कारण मृत्यु नभएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । साउन ३२ गतेसम्म आइसियुमा नौ जना, भेन्टीलेटरमा तीन जना र कोभिड वार्डमा चार जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । अघिल्लो २४ घण्टामा सात जना निको भएका छन् ।  हालसम्म ३ लाख ९ सय ५६ जनाको कोभिड परीक्षण भएकोमा ४५ हजार ७ सय ५७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा भेरोशिल पहिलो र दोस्रो चरण गरी २ लाख ७९ हजार ३ सय ९१ जनालाई खोप लगाइएको छ भने जोन्सन एण्ड जोन्सन कम्पनीको १ लाख ३० हजार १ सय ७५ जनालाई खोप लगाइएको छ । यसैगरी कोभिसिल्ड पहिलो चरणमा २ लाख ६ हजार ९ सय २१ जना र दोस्रो चरणमा १ लाख ३९ हजार २ जनामा खोप लगाइएको छ । पछिल्लो २४ घण्टामा भेरोसिल ८६ हजार १ सय ८३ जनामा र कोभिशिल्ड ६४ हजार ६ सय ७६ जनामा खोप लगाइएको छ ।


अनलाइन डेस्क