कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर ३१ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन २३ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ७१ हजार ६ सय ९९ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १७ हजार ८ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १२ हजार ९ सय ३१ जना सङ्क्रमित निको भए भने २ सय १७ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ साउन १९ गतेदेखि साउन २५ गतेसम्मको अवधिमा झापामा ७ सय जना पुरूष र ६ सय २० जना महिला गरी १ हजार ३ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३ सय २९ जना पुरूष र ३ सय १३ जना महिला गरी ६ सय ४२ जना, मोरङमा ४ सय ४६ जना पुरूष र ३ सय ९९ जना महिला गरी ८ सय ४५ जना, पाँचथरमा २२ जना पुरूष र १४ जना महिला गरी ३६ जना, सङ्खुवासभामा १३ जना पुरूष र १० जना महिला गरी २३ जना, उदयपुरमा २५ जना पुरूष र २४ जना महिला गरी ४९ जना, भोजपुरमा १५ जना पुरूष र ६ जना महिला गरी २१ जना, धनकुटामा ६९ जना पुरूष र ४० जना महिला गरी १ सय ९ जना, इलाममा ३८ जना पुरूष र २७ जना महिला गरी ६५ जना, खोटाङमा १५ जना पुरूष र पाँच जना महिला गरी २० जना, ओखलढुङ्गामा आठ जना पुरूष र १३ जना महिला गरी २१ जना, सोलुखुम्बमा चार जना पुरूष र सात जना महिला गरी ११ जना, ताप्लेजुङमा सात जना पुरूष र चार जना महिला गरी ११ जना र तेहृथुममा १३ जना पुरूष र तीन जना महिला गरी १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ३ हजार १ सय ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको साउन १८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ७२ हजार ६ सय २८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की, बागलुङ, गोरखा र नवलपरासी पूर्वमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने स्याङजा, , लमजुङ, पर्वत र तनहुँमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ६ हजार ९५ जना होम आइसोलेशन, ३ सय ३४ जना संस्थागत आइसोलेशन, ६६ जना आइसियू र दुई जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले पाँच जनाको मृत्यु भएको छ । यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा यो साता खोप कार्यक्रम जारी रहयो । नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार साउन २५ गतेसम्म गण्डकी प्रदेश भरी १ लाख ९४ हजार १ सय २१ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् भने ५६ हजार ५९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरि भेरोसेल खोप अन्तरगत २ लाख ६१ हजार २ सय ८७ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ४७ हजार २ सय २९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसै गरी जे एण्ड जे खोप कुल ९४ हजार ४ सय जनाले लगाएका छन् । साउन २५ गतेबाट ६५ वर्ष उमेर समूहले कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउन थालेका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता १ हजार ३६ जना कोभिड सङ्क्रमित भए । जसमध्ये ५ सय ८१ पुरुष र ४ सय ५५ जना महिला रहेका छन् । लुम्बिनी प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देहीमा रहेका छन् भने २ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, पाल्पा, दाङ र बर्दियामा रहेका छन् । प्रदेशमा कोभिशिल्डको पहिलो डोज २ लाख ८५ हजार ५ जनाले लगाए भने दोस्रो डोज ९१ हजार २ सय १७ जनाले लगाएका छन् । भेरोशिल पहिलो डोजज ३ लाख ८१ हजार १ सय २० जनाले लगाए भने दोस्रो डोज ७३ हजार ८ सय ५० जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड जोन्सनको २ लाख ४९ हजार २ सय ५६ जनाले लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको…