कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता १९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर २३ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन २२ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ७१ हजार १ सय ५७ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १६ हजार ७ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १२ हजार ८ सय २१ जना सङ्क्रमित निको भए भने १ सय ६० जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ साउन १२ गतेदेखि साउन १८ गतेसम्मको अवधिमा झापामा ६ सय ९२ जना पुरूष र ६ सय ७७ जना महिला गरी १ हजार ३ सय ६९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ५ सय ३३ जना पुरूष र ४ सय ९६ जना महिला गरी १ हजार २९ जना, मोरङमा ५ हजार ४९ जना पुरूष र ४ सय ९९ जना महिला गरी १ हजार ४८ जना, पाँचथरमा २४ जना पुरूष र ११ जना महिला गरी ३५ जना, सङ्खुवासभामा ९ जना पुरूष र ६ जना महिला गरी १५ जना, उदयपुरमा २३ जना पुरूष र १४ जना महिला गरी ३७ जना, भोजपुरमा १३ जना पुरूष र ६ जना महिला गरी १९ जना, धनकुटामा ६५ जना पुरूष र ४१ जना महिला गरी १ सय ६ जना, इलाममा ३४ जना पुरूष र २५ जना महिला गरी ५९ जना, खोटाङमा १५ जना पुरूष र नौ जना महिला गरी २४ जना, ओखलढुङ्गामा १७ जना पुरूष र आठ जना महिला गरी २५ जना, सोलुखुम्बमा १३ जना पुरूष र चार जना महिला गरी १७ जना, ताप्लेजुङमा सात जना पुरूष र दुई जना महिला गरी नौ जना र तेहृथुममा १० जना पुरूष र नौ जना महिला गरी १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ३ हजार ८ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक साताको अवधिमा प्रदेश २ अन्तर्गतका आठ जिल्लामध्ये सप्तरीमा एक ४७ वर्षीया महिलाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो साता प्रदेश २ मा १ सय २० जना सङ्क्रमित थपिएका निर्देशनालयले जनाएको छ । जसमध्ये सप्तरीमा नौ, सिरहामा १०, धनुषामा १७, महोत्तरीमा १२, सर्लाहीमा १३, रौतहटमा १५, बारामा ३१ र पर्सामा १३ जना व्यक्ति कोभिड सङ्क्रमित थपिएका हुन् । यस अवधिमा सात वर्षदेखि ६३ वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भए । कोभिड सङ्क्रमितमध्ये गम्भीर प्रकृतिका बिरामीलाई कोभिड अस्पतालमा उपचार गरिने गरिएको र सामान्य सङ्क्रमितहरू हाल होम आइसोलेशनमा रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेशप्रसाद यादवले बताउनु भयो ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको साउन १८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ६८ हजार ६ सय ४३ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की, बागलुङ र नवलपरासी पूर्वमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने स्याङजा, गोरखा, पर्वत र तनहुँमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ५ हजार ५६ जना होम आइसोलेशन, ३ सय ३ जना संस्थागत आइसोलेशन, ७१ जना आइसियू र १० जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले चार जनाको मृत्यु भएको छ । यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार १ सय ३ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा यो साता खोप कार्यक्रम जारी रहयो । नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार साउन ११ गतेसम्म गण्डकी प्रदेश भरी १ लाख ८७ हजार ९ सय ७४ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् भने ४९ हजार ६ सय ११ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरि भेरोसेल खोप अन्तरगत २ लाख ४२ हजार ७ सय ८३ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ३३ हजार ६ सय ८१ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप कुल ८६ हजार ६ सय ३ जनाले लगाएका छन् । यो साता इन्सेक प्रदेश कार्यालयले खोप केन्द्रको अनुगमन गर्दा खोप केन्द्रमा अत्यधिक भीडका साथै अव्यवस्था देखिएको इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख शिवप्रसाद खकुरेलले बताउनु भयो ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता ४ सय ६६ पुरुष र ४ सय १६ महिला गरेर ८ सय ८२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै रुपन्देही जिल्लामा २ सय ९९ जना सङ्क्रमित थपिए । यो साता ५ सय भन्दा सक्रिय सङ्क्रमित रुपन्देहीमा रहेका छन् भने २ सयभन्दा बढी सक्रिय सङ्क्रमित पाल्पा, दाङ र बर्दिया जिल्लामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…