कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर २६ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन २८ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ५४ हजार ३ सय ५४ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ११ हजार ६ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा १२ हजार ३ सय ५ जना सङ्क्रमित निको भए भने १ सय ८२ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
बागमती प्रदेश
यस प्रदेशमा साउन ४ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ३ लाख ५९ हजार ७ सय ५२ जना पुगेको छ । गत साता ३ लाख ५२ हजार ९ सय १६ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए । यो साता ६ हजार ८ सय ३६ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा दुई साता अघिदेखि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ३ लाख ४६ हजार ९ सय ९१ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ८ हजार ८ सय ५० जना उपचाररत रहेका छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या ८ हजार ५ सय ६ जना रहेकोमा यो हप्ता ३ सय ४४ जना बढेर ८ हजार ८ सय ५० जनामा पुगेको हो । यस प्रदेशमा साउन ४ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ३ हजार ९ सय ७१ जना पुगेको छ । यो अघिल्लो हप्ताभन्दा ६१ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.१२ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९६ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा साउन ४ गते आइपुग्दा यो सङ्ख्या ९४ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको साउन ४ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ६१ हजार ९ सय २३ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने स्याङजा, गोरखा, बागलुङ, नवलपरासी पूर्व, तनहुँ र लमजुङमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ३ हजार ४ सय ४८ जना होम आइसोलेशन, १ सय ३६ जना संस्थागत आइसोलेशन, ५६ जना आइसियू र आठ जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले ६ जनाको मृत्यु भएको छ । यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार ३१ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा असार २९ गतेदेखि भेरोसेल खोप लगाउन थालिएको छ । नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार साउन ४ गतेसम्म गण्डकी प्रदेश भरी १ लाख ८७ हजार ९ सय ७४ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् भने ४९ हजार ६ सय ११ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरि भेरोसेल खोप अन्तरगत १ लाख ६३ हजार ९ सय ७० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने २६ हजार ४ सय ३३ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…