कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर २८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन २८ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ४७ हजार १ सय २३ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १० हजार ७ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ९ हजार ५ सय ९८ जना सङ्क्रमित निको भए भने १ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ असार २१ गतेदेखि असार २८ गतेसम्मको अवधिमा झापामा ५ सय ५६ जना पुरूष र ४ सय ३१ जना महिला गरी ९ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ४ सय ३४ जना पुरूष र ४ सय जना महिला गरी ८ सय ३४ जना, मोरङमा ४ सय २३ जना पुरूष र ३ सय ९९ जना महिला गरी ८ सय २२ जना, पाँचथरमा १३ जना पुरूष र पाँच जना महिला गरी १८ जना, सङ्खुवासभामा १७ जना पुरूष र चार जना महिला गरी २१ जना, उदयपुरमा २४ जना पुरूष र १६ जना महिला गरी ४० जना, भोजपुरमा १३ जना पुरूष र सात जना महिला गरी २० जना, धनकुटामा ४१ जना पुरूष र २६ जना महिला गरी ६७ जना, इलाममा १७ जना पुरूष र आठ जना महिला गरी २५ जना, खोटाङमा ३८ जना पुरूष र १४ जना महिला गरी ५२ जना, ओखलढुङ्गामा ४८ जना पुरूष र आठ जना महिला गरी ५६ जना, सोलुखुम्बमा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जना, ताप्लेजुङमा १० जना पुरूष र तीन जना महिला गरी १३ जना र तेहृथुममा सात जना पुरूष र १५ जना महिला गरी २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ हजार ९ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार २२ गतेबाट असार २८ गतेसम्म थप १ हजार ६ सय ९३ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ९ सय ५० जना पुरुष र ७ सय ४३ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ५४ हजार ९ सय ८५ रहेको छ । हाल कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने स्याङजा, पर्वत, बागलुङ, नवलपरासी पूर्व, तनहुँ र म्याग्दीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असार २८ गतेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा रहेका कुल २ हजार ७ सय ४१ सक्रिय सङ्क्रमित मध्ये २ हजार ५ सय १६ जना होम आइसोलेशनमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले एक जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार २ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्र लगाउन थालिएको छ ।
लुम्बिनी प्रदेश
यस साता लुम्बिनी प्रदेशमा ३ सय ६१ जना महिला र ४ सय ५ जना पुरुष गरी ७ सय ६६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सबै भन्दा बढी रुपन्देही जिल्लामा २ सय ३० र सबै भन्दा कम रुकुम पुर्व जिल्लामा एक जनामा सङक्रमण पुष्टि भएको छ । गुल्मी, रुपन्देही, बर्दिया, दाङ, बाँके, पाल्पा र नवलपरासी पश्चिम जिल्लामा २ सय भन्दा बढी सङ्क्रमित रहेका छन् । प्रदेशमा २ हजार १ सय ७५ जना होम आइसोलेशन, ३ सय ८४ जना संस्थागत आइसोलेशन, ४६ जना आइसियु र आठ जना भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म प्रदेशमा १ हजार ५ सय ६३ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । प्रदेशमा कोभिशिल्ड पहिलो खोप २ लाख ७८ हजार ४ सय ७६ जना र दोस्रो खोप ८४ हजार ३ सय ६३ जनाले लगाएका छन् । भेरोसिलको पहिलो खोप ७३ हजार ८ सय ८४ जनाले लगाए भने दोस्रो खोप ५३ हजार ६ सय ८ जनाले लगाएका छन् ।
सुदूरपश्चिम प्रदेश
वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ०७८ असार २२ गतेदेखि ०७८ असार २८ गतेसम्म ९० जना महिला सहित ३ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ । असार २८ गते मात्रै सुदूरपश्चिम प्रदेशका डडेल्धुरा जिल्लामा तीन पुरुष, डोटीमा दुई महिला, कैलालीमा दुई महिला र कञ्चनपुरमा ६ महिला सहित १७ जना गरी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टमा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमणका कारण मृत्यु भएको रिपोर्ट प्राप्त नभएको भएपनि हालसम्म मृत्यु हुनेको सङ्ख्या ५ सय ७४ जना पुगेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । निर्देशनालयका अनुसार ११ जनाको आइसियुमा, पाँच जनाको भेन्टीलेटरमा र १३ जनाको कोभिड वार्डमा उपचार भइरहेको छ । यस साता सुदूरपश्चिम प्रदेशमा ३६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा पाँच जना कोभिड सङ्क्रमितहरु डिस्चार्ज भएका निर्देशनालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…