कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर २८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन ४० जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ४६ हजार ३ सय ५४ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ११ हजार १ सय ७९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २४ हजार २ सय ४२ जना सङ्क्रमित निको भए भने १ सय ९७ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
वैशाखको पहिलो साता परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रत्येक हप्ता उकालो लागेको सङ्क्रमणको प्रतिशत पछिल्लो तीन साता स्थिर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये वैशाखको दोस्रो साता ३२ प्रतिशत, तेस्रो साता ३८ प्रतिशत र चौथो साता ४६ प्रतिशतमा सङ्क्रमण देखिएको थियो । जेठ महिनाको पिहलो साता ४३ प्रतिशत, दोस्रो साता ४० प्रतिशत, तेस्रो साता ३४ प्रतिशत र चौथो साता ३१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । असारमा यो सङ्ख्यामा केही कमी आएको तथ्याङ्कले देखाउँछ । असार पहिलो साता २८ प्रतिशत, दोस्रो साता २४ प्रतिशत, तेस्रो साता २३ प्रतिशत र चौथो साता २४ प्रतिशतमा कोभिड पुष्टि भएको छ । हरेक सात दिनको फरकमा एकीकृत गरिएको तथ्याङ्कलाई यहाँ चार्टमा देखाइएको छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ असार १५ गतेदेखि असार २१ गतेसम्मको अवधिमा झापामा ५ सय १२ जना पुरूष र ४ सय १४ जना महिला गरी ९ सय २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ४ सय ११ जना पुरूष र ३ सय ७७ जना महिला गरी ७ सय ८८ जना, मोरङमा ४ सय ५८ जना पुरूष र ३ सय ६८ जना महिला गरी ८ सय २६ जना, पाँचथरमा २० जना पुरूष र २५ जना महिला गरी ४५ जना, सङ्खुवासभामा १० जना पुरूष र ६ जना महिला गरी १६ जना, उदयपुरमा ४१ जना पुरूष र २० जना महिला गरी ६१ जना, भोजपुरमा ६ जना पुरूष र पाँच जना महिला गरी ११ जना, धनकुटामा २८ जना पुरूष र ३१ जना महिला गरी ५९ जना, इलाममा १६ जना पुरूष र २२ जना महिला गरी ३८ जना, खोटाङमा १३ जना पुरूष र चार जना महिला गरी १७ जना, ओखलढुङ्गामा पाँच जना पुरूष र दुई जना महिला गरी सात जना, सोलुखुम्बमा दई जना पुरूष, ताप्लेजुङमा ६४ जना पुरूष र पाँच जना महिला गरी ६९ जना र तेहृथुममा आठ जना पुरूष र पाँच जना महिला गरी १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ हजार ८ सय ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा असार २१ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ३ लाख ४६ हजार ४ सय ४३ जना पुगेको छ । अघिल्ला हप्ता ३ लाख २८ हजार ८ सय ६८ जना कोभिड–१९ का सङ्क्रमित रहेको थिए । यो हप्ता १७ हजार ५ सय ७५ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा दुई हप्ता अखिदेखि सक्रिय सङ्क्रमितको सङ्ख्या घढ्न थालेको छ । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ३ लाख ३३ हजार ८ सय ६२ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ८ हजार ६ सय ९९ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ९ हजार १ सय १० जना रहेकोमा यो हप्ता ४ सय ११ जना कम भई ८ हजार ६ सय ९९ जनामा झरेको हो । यस प्रदेशमा असार २१ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ३ हजार ८ सय ८२ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ५१ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.१२ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९६.३० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा असार २१ गते आइपुग्दा यो सङ्ख्या ९६.३७ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १५ गतेबाट असार २१ गतेसम्म थप १ हजार ७ सय १५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ९ सय ३४ जना पुरुष र ७ सय ८१ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ५३ हजार २ सय ९२ रहेको छ । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने बागलुङ, लमजुङ, तनहुँ र म्याग्दीमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असार २१ गतेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा रहेका कुल ३ हजार १ सय १ सक्रिय सङ्क्रमित मध्ये २ हजार ८ सय ३७ जना होम आइसोलेशनमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले ६ जनाको मृत्यु भएको छ । यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले ९ सय ६७ जनाको मृत्यु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…