कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ९.४६ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर १० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा ५९ हजार ५ सय ५३ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता ५ हजार ६ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ७ हजार ८ सय ८ जना सङ्क्रमित निको भए भने ७१ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।

Coviddata20211005weekly

प्रदेश १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज १२ गतेदेखि असोज १८ गतेसम्मको अवधिमा झापामा १ सय ९८ जना पुरूष र २ सय १५ जना महिला गरी ४ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा १ सय २० जना पुरूष र १ सय १ जना महिला गरी २ सय २१ जना, मोरङमा २ सय १६ जना पुरूष र १ सय ८६ जना महिला गरी ४ सय ६ जना, पाँचथरमा नौ जना पुरूष र पाँच जना महिला गरी १४ जना, सङ्खुवासभामा सात जना पुरूष र एक जना महिला गरी आठ जना, उदयपुरमा सात जना पुरूष र सात जना महिला गरी १४ जना, भोजपुरमा आठ जना पुरूष र दुई जना महिला गरी १० जना, धनकुटामा नौ जना पुरूष र ६ जना महिला गरी १५ जना, इलाममा १९ जना पुरूष र ६ जना महिला गरी २५ जना, खोटाङमा १० जना पुरूष र चार जना महिला गरी १४ जना, ओखलढुङ्गामा तीन जना पुरूष र पाँच जना महिला गरी आठ जना, सोलुखुम्बमा ३१ जना पुरूष र २० जना महिला गरी ५१ जना, ताप्लेजुङमा एक जना पुरूष र एक जना महिला गरी दुई जना र तेहृथुममा दुई जना पुरूष र एक जना महिला गरी तीन मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा १ हजार २ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा असोज १८ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ४ लाख ३५ हजार ६ सय ३९ जना पुगेको छ । अघिल्लो साता ४ लाख ३२ हजार ८१ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए । यो साता ३ हजार ५ सय ५८ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ४ लाख २२ हजार ७ सय ४१ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ८ हजार चार सय ६० जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १३ हजार ४  सय १३ जना रहेकोमा यो हप्ता ६ सय २७ जना कम गई ८ हजार ४ सय ६० जनामा झरेको हो ।

यस प्रदेशमा असोज १८ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार ४ सय ३८ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा २६ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०२ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९६.८८ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा असोज १८ गते आइपुग्दा यो सङ्ख्या ९७.०४ प्रतिशत रहेको छ । यस प्रदेशमा असोज १८ गतेसम्म कोभिड–१९ विरुद्ध दुवै मात्राको खोप लगाएकाको सङ्ख्या २३ लाख ३८ हजार ५ सय ६० जना अर्थात ५५ प्रतिशतले लगाइसकेका छन् । यसैगरी कुनै एक मात्र खोप लगाउनेको सङ्ख्या ६ लाख ७१ हजार ७ सय ९७ जना अर्थात १७ प्रतिशतले प्राप्त गरिसकेका छन् । कुनै पनि खोप नलगाएका १८ वर्षमाथिकाको सङ्ख्या १२ लाख १२ हजार ७ सय ५४ जना अर्थात २८ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेश

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको असोज १८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८५ हजार ९ सय ८८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी पूर्व, तनहुँ, बागलुङ, गोरखा, स्याङजा र पर्वतमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये २ हजार ८ सय २२ जना होम आइसोलेशन, १ सय ६ जना संस्थागत आइसोलेशन, २९ जना आइसियू र दुई जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसगै प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार असोज १८ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ६ लाख ८ हजार ८ सय २९ जनाले पूर्ण खोप लगाएका छन् भने ७ लाख ८९ हजार २ सय जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा यस साता  ५ सय ६३ जना  कोभिड सङ्क्रमित भए । जसमध्ये २ सय ९६  जना पुरुष र २ सय ६७ जना महिला रहेका छन् । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ९८ रहेको थियो । लुम्बिनी प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देहीमा रहेका छन् भने २ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, पाल्पा र दाङमा रहेका छन् । बाँकेमा ९६ जनामा गरिएको कोभिड परीक्षणमा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा असोज १८ गते तीन जना निको भएर घर फर्किएका छन् ।


अनलाइन डेस्क